Uncategorized
नेपालगञ्जमा विश्व जलविन्दु सप्ताह कार्यक्रम
नेपालगञ्ज ०४ चेैत ।
नेपालगञ्जमा विश्व जलविन्दु सप्ताह अन्तर्गत शनिबार भिजन आँखा अस्पतालले प्रभातफेरीको आयोजना गरेको छ ।
भिजन आँखा अस्पतालका प्रमुख समेत रहनुभएका डा. प्रचाण्ड गौतमले जलविन्दु सप्ताह अन्तर्गत आम नागरिकमा सचेतना जगाउने उद्धेश्यले ¥यालीको आयोजना गरिएको बताउनुभयो ।
विपी चोकस्थित भिजन आँखा अस्पतालबाट सुरु भएको ¥याली गणेशमान चोक, भेरी अस्पताल, त्रिभुवन चोक, विपी चोक हुँदै पुनः भिजन आँखा अस्पतालमा पुगेर समापन भएको थियो । समापनमा डा. गौतमले जलविन्दु रोग प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको भन्दै नियमितरुपमा आँखा जाँच गर्न सुझाव दिनुभयाे ।नेपाल मेडिकल एशाेसियन बाँकेकाे सहभागीता थियो ।


