Uncategorized
रङ्गशालामा एथ्लेटिक्स सेन्थेटिक ट्र्याकको शिलान्यास
नेपालगन्ज १० बैशाख ।
बाँकेको नेपालगञ्ज रङ्गशालामा एथ्लेटिक्स सेन्थेटिक ट्र्याकको आईतवार शिलान्यास भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार शिलान्यास गर्दे आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा नेपालगञ्ज रङ्गशालामा खेलकुदका आधुनिक संरचना निर्माण गरिएको भए पनि अपूर्ण रहेकाले रङ्गशालालाई पूर्णता दिन लागिएको बताएका छन।११ करोड ६४ लाख रुपियाँमा ट्याक निर्माणको जिम्मेवारी प्रतीक्षा कन्स्ट्रक्सन प्रालिले पाएको छ ।
उनले एथ्लेटिक्स ट्याक १० महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको बताए। साथै उनले एथ्लेटिक्समा लुम्बिनी प्रदेशले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गरेको उत्कृष्ट प्रदर्शनको सम्मान गर्दै सरकारले ट्याक निर्माण गर्न लागेको समेत बताए ।


