कोहलपुर वृहत शहरी खानेपानी संस्थाको सात बर्षको प्रगति विवरण सार्वजनिक
१५ बैशाख कोहलपुर ।
कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाले गरेको प्रगति विवरण सार्वजनिक गरेको छ। शुक्रबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सस्थाले सात बर्षमा गरेका प्रगति विवरण सार्वजनिक गर्दै संस्थाका अध्यक्ष नरबहादुर मल्लले आर्थिक वर्ष २०७१-०७२ देखि २०७८-०७९ सम्मको आम्दानीको खर्च, भौतिक विकास, प्रविधिको विकास, धारा जडानको अवस्था वृद्धि, कर्मचारीको सेवामा वृद्धि र सस्थाको आगामी दिनहरुमा कार्यलयको योजना र लक्ष्य बारे स्पष्ट गरेका छन् ।
यस संस्थामा आफूहरु निर्वाचित भएर आउँदा संस्थाको कुल आम्दानी ९८ लाख २२ हजार १३ रुपैयाँ ७० पैसा रहेको थियो । निर्वाचित भएर आएको करिब सात बर्ष पुगेको छ । आर्थिक वर्ष २०७१-०७२ देखि २०७८-०७९ मा आइपुग्दा संस्थाको कुल आम्दानी तीन करोड ७१ लाख २० हजार ६ सय २३ रुपैयाँ ३१ पैसा रहेको बताए हुन् । अध्यक्ष मल्लका अनुसार सस्थामा कार्यरत १ जना कार्यालय सहयोगीको मासिक तलब ११ हजार रहेको बताए । अहिले आएर मासिक रुपमा २३ हजार पुगेको छ । अध्यक्ष मल्लले आर्थिक वर्ष २०७१-०७२ मा २ हजार २ सय ५० धारा जडान गरिएको थियो । आर्थिक वर्ष २०७८-०७९ सम्म आइपुग्दा ५ हजार २ सय भन्दा बढी धारा जडान गरिएको मल्लले बताए । संस्थामा वर्तमान कार्य समिति आएदेखि १ लाख २७ हजार ९ सय २६ मिटर पाइप लाइन विस्तार गरेको छ ।
सस्थामा साता वर्षको अवधीभर कार्यालय माथिको ३ कोठाको तला थप्दा २२ लाख लागत लागेको, कोहलपुर १ मा सेवा क्षेत्र विस्तार गरिएको, पानी प्रशोधन केन्द्र, बिसं.२०७३ सालमा नेपाल सरकार मन्त्रीपरिषद्बाट निर्णय गरी कोहलपुर चौराहदेखि उत्तरतर्फ मध्यवर्ती वन संरक्षण क्षेत्र भित्र पर्ने २ विघा जग्गा प्राप्त गरी ७ करोडको लागतमा ३ वटा डिप बोरिङ,एक-एक वटा ओभर हेड टंकी निर्माणको तयारी भइरहेको अध्यक्ष मल्लले जानकारी दिए ।
कोहलपुर वृहत शहरी खानेपानी संस्थामा २९ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको, कार्यालय कम्पाउण्डभित्र १ करोड २० लाखको लागतमा पानी प्रशोधन केन्द्र निर्माण, डिजिटल प्रविधिको विकास समेत गरेको संस्थाका अध्यक्ष मल्लले जानकारी दिए । डिजिटल युगमा उपभोक्ताहरुको समस्या समाधानका लागि घरबाटै मोबाइल मार्फत खानेपानीको महशुस तिर्ने व्यवस्था गरिएको छ ।
यस संस्थाका ७ वटा भाबि योजना तथा लक्ष्य समेत रहेको छ । सस्थाले कम्तीमा १ अर्ब बराबरको कोहलपुर नगरपालिका वडा नम्बर १,२,५ र ६ का सबै बासिन्दालाई खानेपानी पुर्याउने गरि एक वर्षभित्र सात हजार पाँच सय बढि धाराहरु, १० वटा डिप बोरिङ र ३ वटा ओभर हेड पानी ट्यांकी, ५० किलोमीटरदेखि ८० किलोमीटरसम्म विभिन्न साइजका पाइपहरु विस्तार, आधुनिक भवन निर्माण गर्ने योजना रहेको अध्यक्ष मल्ल पत्रकार सम्मेलन मार्फत बताए ।
आर्थिक वर्ष २०८०-०८१ देखि २०८१-०८२ भित्र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट पानी ल्याउनको लागि विस्तार डिजाइन तथा लागत अनुमान डीपीआर तयार गरी सक्ने लक्ष्य रहेको छ ।
कोहलपुर वृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको साधारण सभा जेष्ठ २ गते गरिने भएको छ ।


