आगलागी प्रभावित परिवारलाई सामाग्री वितरण

बाँके ०९ जेठ ।
आगलागी प्रभावित परिवारलाई सामाग्री वितरण गरिएको छ । मिलाप नेपालगञ्ज बाँकेको आयोजना र जानकी गाउँपालिका बाँकेको समन्वयमा बकसपुर गाउँका आगलागीबाट प्रभावित परिवारलाई मङ्गलवार घर छाउनको लागी जस्तापाता ,विध्यार्थीहरुलाई शैक्षिक सामाग्री र परिवारका सदस्यहरुलाई स्वास्थ्य तथा स्वच्छता सामाग्री वितरण गरेको हो ।
जानकी गाउँपालिकाको समन्वयमा आगलागीबाट प्रभावित प्रत्येक पीडित घरपरिवारलाई एकएक बन्डल जस्तापाता र ओढ्ने सामाग्रीमा १ सानो र एक ठुलो ब्लाङ्केट , स्वास्थ्य तथा स्वच्छता सामाग्रीमा १ पिस बाल्टिन ,१ पिस बाँटा ,१ पिस जग ,१ पिस स्याम्पु ,६ पिस साबुन ,२ पिस तेल , २ पिस काँईयो , २ पिस पानी पियने बोटल ,१ साबुन राख्ने भाँडा ,२ पिस टाबेल ,१ पिस एैना ,१ पिस नङ कटर ,१ पिस पाँच लिटरको जर्किन ,५ पिस कोलगेट मन्जन र परिवारका सँख्या अनुशार दाँत माझने ब्रुस वितरण गरिएको छ ।
त्यसै गरेर विध्यार्थीहरुलाई शैक्षिक सामाग्रीमा १ प्याकेट पेन्सिल ,,१२ पिस कपी ,५ पिस ईलेजर ,५ पिस कटर , ५ पिस निलो पेन ,जेमेट्री बक्स ,१ पिस लुडो समेत वितरण गरिएको छ ।
सामाग्री वितरण कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष एवम प्रवक्ता टिकानाथ यादवले दुख र पिडामा परेको समयमा सदैव जनताहरुको साथमा जानकी गाउँपालिका रहने आफनो धारण व्यक्त गरे ।उनले जानकी गाउँपालिका सँग आवद्ध मिलापको धेरै ठुलो योगदान रहेको बताउँदै तपाई जनताहरुलाई समय समयमा आई ज्यादा कसरतमा सहयेग गरेकोमा मिलापलाई ह्रदयदेखि नै धन्यवाद समेत दिए ।प्रवक्ता समेत रहेका वडा अध्यक्ष यादवले विध्यार्थीहरुलाई बिध्यालयमा नियमित पठाउनका लागी वडा नम्वर ५ ले पनि विध्यार्थीहरुको लागी शैक्षिक सामाग्री वितरण गरेको बताए ।साथै उनले शैक्षिक सुधारको लागी आफनो वडा र गाउँपालिका सदैव तपाई जनताहरुको साथमा रहने समेत बताए ।
त्यस्तै पालिकाका अध्यक्ष छब्बन खाँले पटक पटक दुख र पिडामा परेको समयमा जुन व्यवस्था मिलापले मिलाएको छ सकेसम्म यस्ता दुखदायी घटना नघटोस ,घटिहालेपनि जनतालाई सहयोग गर्न मिलापलाई भगवानको पनि सधै आशिर्वाद मिलिराखोस भन्ने आफनो भनाई राखे ।
त्यसैगरेर मिलापका अध्यक्ष रमेशराज रेग्मीले सकेसम्म विपद नै नआओस ,यस्ता किसिमका कामहरु नै गर्न नपरोस , दैविक प्रकोप नहोस , मानिसहरुलाई विपत्ती नहोस र यदी त्यस्तो भयोभने राहतका सामाग्री नै वितरण गर्नुनपर्ने बताए । उनले कसैले पनि चाहँदा चाहँदै पनि अश्वच्छनिय घटनाहरु हुने , समस्या हुने र समस्या पर्नेवित्तिकै उनिहरुको जिवनयापन सहज बनाउनका लागी के गर्न सकिन्छ भन्नेतिर सबै लाग्नु नै पर्ने आफनो धारणा राखे ।साथै उनले भविस्यमा पनि यस्ता किसिमका कामहरुमा अरु सरोकारवालाहरु र मिलापसँग मिलेर सहकार्य गर्न सकिएमा यस्ता कार्यक्रमहरु सम्पन्न गर्न सकिने समेत आफनो धारणा व्यक्त गरे ।
सामाग्री वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छब्बन खाँ ,निमित्त प्रमुख प्रशासकिय अधिकृत शोभा पौडेल, वडा नम्वर ५ का वडा अध्यक्ष एवम प्रवक्ता टिकानाथ यादव ,कार्यपालिकाकी सदस्य कान्ती कान्दु , वडा नम्वर ५ का सदस्य मो शरिफ खाँ , पालिकका परामर्शदाता शोहराव दर्जी, जिन्सी शाखाका राजु यादव , विपद व्यवस्थापन शाखका प्रमुख राजेँन्द्र वाजपेयी ,मिलापका अध्यक्ष रमेशराज रेग्मी ,कार्यकारी निर्देशक राजेन्द्रवहादुर सुनार, कार्यक्रम अधिकृत प्रेमा रोका लगायतको उपस्थिति रहेको थियो ।
२०७९ चैत्र २७ गते जानकी गाउँपालिकाको वडा नम्वर ५ स्थित बकसपुरको चमारटोलमा आगलागीबाट ६ वटा घरमा पुर्ण क्षती र२ वटा घरमा आँशिक क्षती भएको थियो ।


