जानकीमा पालिका स्तरीय १ दिने अभिमुखिकरण गोष्टी सम्पन्न
बाँके ०१ असार ।
जानकी गाउँपालिको स्वास्थ्य शाखाको आयोजनामा आँखा ,नाक , कान , घाँटी र मुख सम्वन्धिी पालिका स्तरीय १ दिने अभिमुखिकरण गोष्टी कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो ।
ओ पि डी मा काम गर्देगर्दा , विरामीहरुलाई हेर्दे गर्दा केही न केही स्वास्थ्यकर्मीहरुलाई अपडेट हुन्छ भन्ने सोचले नेपाल सरकारले ससत्र कार्यक्रम राखेको जानकी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दल वहादुर रानाले बताए ।उनले सोही अनुशार प्रत्येक वर्ष ओ पि डी हेर्ने स्वास्थ्यकर्मीहरुलाई रिप्रेस हुने र नयाँ कुराहरु अपडेट हुने किसिमले कार्यक्रम राखिएको समेत आफनो धारणा व्यक्त गरे ।
कार्यक्रममा सामाजिक विकास समितीका सम्योजक राम आचल धोवीले पालिकाका १ देखि ६ वटै वडाका स्वास्थ्यकर्मीहरुको लागी यस्ता कार्यक्रमबाट थप मद्दत पुग्ने र पालिकाबाट त्यसको लागी आफुले हुने सहयोग गर्ने बताए ।
कार्यक्रममा आँखा सम्वन्धिी भिजन आँखा अस्पतालका डाक्टर प्रचन्ड गौतम र नाक , कान , घाँटी र मुख सम्वन्धिी नेपालगन्ज मेडिकल कलेजका डाक्टर अँशु शर्माले जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सामाजिक विकास समितीका सम्योजक राम आचल धोवी , स्वास्थ्य शाखाका प्रमुख दल वहादुर राना , जनस्वास्थ्य निरिक्षक तमलाल वेलवासे , पार्वती सोमयी , जानकी गाउँपालिका अन्र्तगतका सबै स्वास्थ्य सँस्थाका वहिरङ सेवामा कार्यरत स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।


