Uncategorized

नरैनापुरमा पाठेघरको क्यान्सर परीक्षण सम्बन्धी शिविर सम्पन्न

नरैनापुर, ८ असार ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नरैनापुर गाँउपालिकको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर भएको छ ।
महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर ५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएका हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकरी दिनु ।
मटेहिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम बुढाको अध्यक्षतामा सम्पन्न भएको शिबिरमा शुक्रबार नरैनापुर वड़ा नं ५ मटेहियाका १५४ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत बिष्णु श्रेष्ठले जानकारी दिनु भयो ।
पाठेघरको मुखको क्यान्सर सम्बन्धी उपचार कार्यक्रममा स्त्रीरोग बिशेषज्ञ कल्पना थापाले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउदै सानै उमेरमा धेरै सन्तान जन्माउँने, खानपान र सरसफाईमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेकोे बताउनु भयो भएको थियो ।
शिविरमा १५४ जनाको पाठेघर परीक्षण गरिएको स्वास्थ्य कार्यालय बाँकेकि अधिकृत दुर्गा गौतमले बताउनु भयो । तीमध्ये ६ जनामा क्यान्सर ‘पोजिटिभ’ र १३ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको छ ।
यस्तै शिविरमाभिआईए.(दृष्य निरीक्षण कार्य) विधिबाट पाठेघरको मुखको क्यान्सर सम्बन्धी सम्भावनाको जाँचगर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा पछि गएर क्यान्सर हुन सक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा सजगता अपनाउन सुझाव दिएको मटेहिया स्वास्थ्य चौकीका सि.अनमी निर्मला बोहराले बताउनु भयो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द