Uncategorized

नेपालगन्जको वडा नम्बर १ मा वृक्षारोपण

नेपालगन्ज १० असार  । नेपालगन्जको वडा नम्बर १ मा आइतबार वृक्षारोपण गरिएको छ । वडा नम्बर १ को कार्यालय परिसर र वाटरपार्कस्थित ब्याडमिन्टन कोर्ट परिसरमा गुल्मोहर, जरकान्दा र कमलदासका ६० बिरुवा रोपिएको वडा अध्यक्ष प्रमोद रिजालले बताए ।

 

नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको उपस्थितिमा वृक्षारोपण गरिएको हो । नगर प्रमुख विष्टले हरियाली प्रवर्द्धन गर्दै स्वस्थ वातावरण निर्माणका लागि वृक्षारोपण अनिवार्य रहेको बताए । नेपालगन्ज उपमहानगरपालिकाले वृक्षारोपणलाई अभियानकै रुपमा अघि बढाउने नगर प्रमुख विष्टको भनाई छ ।

हरियाली प्रवर्द्धन गर्दै वडा नम्बर १ लाई ‘हरित वडा’ को रुपमा विकास गर्ने लक्ष्य अनुरुप वडाका विभिन्न ठाउँहरुमा वृक्षारोपण गरिरहेको वडा अध्यक्ष रिजालले बताए । वृक्षारोपण कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय लगायत उपस्थित थिए ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द