Uncategorized

जानकीमा एकदिने मानव वेचविखन नियन्त्रण सम्वन्धी छलफल कार्यक्रम सम्पन्न

नेपालगन्ज १३ असार ।

बाँकेको जानकी गाउँपालिकाको आयोजना र आई एन एफ नेपाल बाँके शाखा बाट सन्चालित Active परियोजनाको समन्वयमा पालिकास्तरिय एकदिने मानव वेचविखन नियन्त्रण सम्वन्धी छलफल कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
पालिकास्तरमा मानव वेचविखनका कृयाकलापहरुको नियन्त्रण गर्ने मुख्य उद्देश्य रहेको आई एन एफ नेपाल बाँके शाखाका परियोजना सँयोजक अभिशेक बि क ले बताए ।साथै उनले मानव वेचविखन नियन्त्रण के कसरी गर्न सकिन्छ भनेर पालिकाका जनप्रतिनिधीहरु र सम्वन्धित शाखाका कर्मचारीहरु सँग समन्वय गरी आफनो सँस्था लागिराखेको समेत बताए ।
कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले मानव वेचविखन सम्वन्धी नियन्त्रण गर्ने कृयाकलापहरु अन्य सँघसँथाहरुले पनि पालिकाहरुसँग समन्वय गरी गर्नुपर्ने आफनो धारण व्यक्त गरे । साथै यस्ता कार्यक्रमहरुको लागी पालिका सँघसँथाहरुसँग समन्वय गर्न तयार रहेको समेत बताए ।
कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ , प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगी ,वातावरण तथा विपद व्यवस्थापन शाखाका सम्योजक राजेन्द्र सिँह, कार्यपालिका सदस्य कान्ती कान्दु, महिला बालवालिका शाखाकी प्रमुख कल्पना गाहा , योजना शाखाकी प्रमुख शोभा पौडेल ,शिक्षा शाखाकी प्रमुख कृष्णा कुमारी भन्डारी ,सुचना शाखाका प्रमुख विकास जिसी , परामर्षदाता शोहराव अलि दर्जी ,आई एन एफका जेन्डर अफिसर सकुन्तला सुबेदी ,परियोजन सुपरभाईजर हस्त वहादुर विक ,सामाजिक परिचालक निर्जना धिताल शर्मा , सामजिक परिचालक नविन कुमारी रान लगायतको उपस्थिती रहेको थियो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द