नेपालगंज कन्या माविका ३ जना छात्राहरुले पाए ‘पूर्णललित छात्रवृत्ति’
 
			पहल केसी
नेपालगंज–२४, 
बाँकेको सल्यानीबाग स्थित नेपालगंज कन्या माविका ३ जना छात्राहरुले छात्रवृति पाउने भएका छन् । पूर्णललित फाउण्डेशन कोषबाट सञ्चालित नारी विकास केन्द्रको सहकार्यमा पूर्णललित छात्रवृत्ति पाउने भएका हुन् । गत शुक्रबार नारी बिकास केन्द्र नेपालगंजको सहकार्यमा आयोजित छात्रवृत्ति कार्यक्रमको उद्घाटन गरिएको हो ।
 
 

नेपालगंज कन्या माविका पूर्व अध्यक्ष तथा शिक्षा प्रेमी पूर्णपति शेरचन र उहा“का श्रीमान स्वर्गीय ललितमान शेरचनको सम्झनामा छात्राहरुलाई छात्रवृत्ति दिन लागिएको नेपालगंज कन्या मा.वि.का विद्यालय व्यवस्थाप समितिका वर्तमान अध्यक्ष तथा स्व. शेरचन दम्पतिकी बुहारी रिणु शेरचनले जानकारी दिनुभयो ।
‘‘शिक्षित छोरी बलियो घर– छोरीमा लगानी छोरीलाई अवसर’’ भन्ने नारा सहित पूर्णललित फाउण्डशेन दर्ता गरी चालु शैक्षिक वर्ष वैशाख महिनादेखि लागु हुने गरि कक्षा ६ मा अध्ययन गर्ने ३ जना छात्राहरुलाई छात्रवृत्तिको लागि छनौट गरिएको हो । छात्रावृत्तिको लागि मापदण्ड तयार गरि १ जनालाई मासिक रु ५०० र ३ महिनाको रु १५ सय एकमुष्ट रकम त्रैमासिक रुपमा उपलब्ध गराईने छ । उक्त रकम छात्राहरुले शैक्षिक सामाग्री खरिद तथा विद्यालय पोशाकमा समेत खर्च गर्न सक्ने छन् । स्वर्गीय शेरचन दम्पतिको सम्झनामा शिक्षा क्षेत्रमा पहु“च पु¥याउने हेतुले मावि तहसम्म बालिकाहरुलाई समग्र बिकासको लागि रु ३ लाखको नारी बिकास केन्द्रको नाममा मुद्धती खाता खोलिएको छ । सोही रकमबाट प्राप्त आम्दानीले विद्यार्थीहरुलाई आर्थिक सहयोग स्वरुप छात्रवृति दिईने छ ।
छात्रवृत्तिको लागि बनाइएको मापदण्डमा मासिक ९० प्रतिशत हाजिरीमा उपस्थिति भएका ३ जना जेहेनदार छात्राहरुलाई छनोट गरिएको छ । जसमा कक्षा ६ बाट इकरा सल्मानी, इकरा वानो र सबिता बिकलाई छनोट गरिएको हो । उनीहरुलाई प्रत्येक ३ महिनामा जनही १५०० को दरले छात्राकै नाममा बैक खाता खोली बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएको छ ।
नारी बिकास केन्द्रकी सचिव मेनका जोशीले यसै कार्यक्रम मार्फत आगामी हरेक वर्षमा सोहि कक्षाबाट २ जनालाई छात्रावृत्तिको लागि छनोट गर्दै जाने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीमति रिणु शेरचनको सभापतित्वमा सम्पन्न आयोजित छात्रवृत्ति कार्यक्रममा नारी विकास केन्द्रकी अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो । विशिष्ट अथितिमा लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, ४ नं. वडाका वडा अध्यक्ष गोपाल पुन, नारी विकास केन्द्रकी कार्यवहाक अध्यक्ष शिला शाह, उपाध्यक्ष लक्ष्मी श्रेष्ठ तथा विद्यालय व्यवस्थापन समिति सदस्यहरु, विद्यालयमा अध्यापनरत शिक्षिकाहरु, अभिभावक तथा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।


 
				 
  
                 
                 
                 
                