नरैनापुर गाउँपालिकामा साकार कृषि सहकारीको छैटौँ सेवा केन्द्र उद्घाटन

बाँके २६ भदौ ।
नरैनापुर गाउँपालिका वडा नम्बर ४ बाँकेमा साकार कृषि सहकारी संस्था लिमिटेडको छैटौँ सेवा केन्द्र उद्घाटन गरिएको छ । वडा अध्यक्ष मनोज कुमार शर्माले व्यापारिक क्षेत्रमा सहकारीको नयाँ शाखाको रिबन काटेर उद्घाटन गरेको हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष शर्माले जनताको जनजीवन सहज बनाउन राम्रो ठाउँमा लगानी गर्नुपर्ने र यसका साथै कम ब्याजदरमा लगानी गर्ने बताएका छन् । बीउको लागि भारत नजानुपर्ने अब सहकारीले सहज रुपमा उपलब्ध गराउने भन्दै वडा अध्यक्ष शर्माले रेमिट्यान्सको पनि व्यवस्था रहने जानकारी दिएका छन् ।
नरैनापुर शाखाका प्रमुख विष्णु शर्मा, कृषि प्रविधि अरुण प्रसाद सिंह, बजार व्यवस्थापक कल्पना थापा लगायत अन्य व्यक्तित्वहरु उपस्थित भएको कार्यक्रममा आफ्नो भनाइ राख्दै अतिथि जमान सिंह ओलीले भने‘निकै लामो समयदेखि सहकारीले कारोबार गर्दै आइरहेको छ ।
यसले जनता र सेवाग्राहीहरुको अपेक्षा पुरा गर्न सफलहोस् भनी आशा गर्दछु । विभिन्न शाखा खोलेर सेवाग्राहीहरुसँग नजिक हुँदै गइरहेको छ । सेवाग्राहीहरुलाई नीति नियमबारे बुझाएर अल्लि कारोबार गर्दा झन् बढी प्रभावकारी हुने छ भनी आशा गरेको छु ।’ मनोज कुमार मौर्यको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रमको सञ्चालन निम बहादुर घर्तीले गरेका थिए ।


