Health & Fitness, Weight Loss
पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच परीक्षण हुने
नेपालगन्ज २७ भदौ ।पत्रकारहरुका लागि नेपालगन्जमा निःशुल्क आँखा जाँच परीक्षण कार्यक्रमको आयोजना गरिएको छ । अवधी पत्रकार संघ नेपालको १५औं स्थापना दिवसको अवसरमा भोलि विहान फत्तेबाल आँखा अस्पताल, फुल्टेक्रा नेपालगन्ज निःशुल्क आँखा जाँच परीक्षण कार्यक्रमको आयोजना गरिएको हो । अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमिति, नेपालगन्जको आयोजना तथा नेपाल नेत्रज्योति संघ फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा, नेपालगन्जको सहयोगमा निःशुल्क आँखा जाँच परीक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला सचिव रमेश कुमार यादवले जानकारी दिनुभयो । ‘भोलि २८ गते विहीवार विहान १०:३० बजेदेखि १२ :३० बजेसम्म पत्रकारहरुका लागि निःशुल्क निःशुल्क आँखा जाँच परीक्षण कार्यक्रमको आयोजना गरिएको अधिबक्ता, बुद्धिजीवि, संचारकर्मी लगायतको उपस्थिति रहने यादवले जानकारी दिनुभयो ।


