नेपाल हाप्किडो संघद्वारा राष्ट्रिय च्याम्पियनसिप माघ २६ र २७ गते हुने
बाँके २९ पुस । नेपाल हाप्किडो संघको आयोजनामा हुन गईरहेको प्रोफेसनल राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०८० को नेपालगन्ज रङगशालामा हुनेछ । पत्रकार सम्मेलन मर्फत यस च्याम्पियनसिपको जानकारी दिने उदेश्यले हाप्किडो खेललाई विश्वव्यापी मूल्य र मान्यताअनुसार विकास तथा विस्तार गर्न खेलकुदको सांगठनिक ढाँचामा समय सापेक्ष सुधार गर्न सरकारी, गैरसरकारी एवं निजी क्षेत्रका खेलकुद संस्थाबीच समन्वय, सहकार्य एवं साझेदारीको वातावरण सिर्जना गरी हाप्किडो खेललाई जनजीवनको अभिन्न अंग बनाउन, शारीरिक, मानसिक, बौद्धिक र नैतिक क्षमतायुक्त मानव संसाधनको विकास गरी खेललाई रोजगारीमूलक व्यवसायको रूपमा स्थापित गर्ने उदेश्यले हामीले आगामी २०८० साल माघ २६ र २७ गते २ दिन सम्म राष्ट्रिय च्याम्पियनसिप गर्न लगेको छ । माघ महिनाको अन्तिम साता हुने प्रतिस्पर्धामा सातै प्रदेश र नेपाल प्रहरी स्कुलको टीम गरि ८ टीमको खेलाडी सहभागीता हुने छ । प्रतिस्पर्धामा फाइटतर्फ महिला र पुरुष दुवैमा ८-८ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । ४०-४४, ४४-४८, ४८-५२, ५२-५६, ५६-६०, ६०-६४, ६४-६८ २६८+ तौल समूहमा प्रतिस्पर्धा हुने छ । यसैगरी सेल्फ डिफेन्स-डेमोष्ट्रेशन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक तथा केन्द्रिय सदस्य नेपाल हाप्किडो संघका मो. मोहसिन हलवाईले जानकारी दिनुभयो । च्याम्पियनसिपमा सहभागी हुन आउने सबै खेलाडी, प्रशिक्षक, रेफ्री, जज र निर्णायकको व्यवस्था आयोजकले जनाएको छ ।
च्याम्पियनसिप आयोजनाका लागि अनुमानित ६६ लाख खर्च लाग्ने अनुमान गरेका छ। यस लागत खर्च सरकारको सम्बन्धित निकाय र निजी क्षेत्रबाट सहयोग रहनेछ ।च्याम्पियनसिपमा नेपालमा हाप्किडो खेलको विकासमा योगदान साथै लुम्बिनी प्रदेशको पहिचान हुने विश्वास लिएका छ ।


