ट्राफिक सचेतना र्याली तथा काल्पनिक सडक दुर्घटना न्यूनिकरण अभ्यास सम्पन्न
 
			बाँके २३ फागुन ।
ट्राफिक सचेतना र्याली तथा काल्पनिक सडक दुर्घटना न्यूनिकरण अभ्यास सम्पन्न गरिएको छ ।
साे  कार्यक्रममा  सुरक्षित यात्रा नेपालको आयोजना र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा सम्पन्न गरिएको छ । शुक्रबार जिल्ला बाँके नेपालगंज उ.म.न.पा.०१ धम्बोझी चोक स्थित नेपालगंज उप-महानगर पालिका प्रमुख प्रसान्त बिष्ट , निमिक्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, जिल्ला प्रहरी कार्यालयका का.प्रमुख प्र.उ. तुल बहादुर कार्की , लम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवलका का.प्रमुख प्र.उ.श्याम बहादुर खत्री मिडियाकर्मी, जनप्रतिनिधीहरु,महिला संघ, बिभिन्न विद्यालयका शिक्षक एवं विद्यार्थीहरू लगायतको उपस्थिति  रहेकाे थियो । बि.पि. चोक देखि धम्बोजी चोक सम्म सडक दुर्घटना न्युनिकरण एवंम सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यका साथ ट्राफिक सचेतनामुलक र्याली एवंम धम्बोझी स्थित काल्पनिक सडक दुर्घटना न्यूनिकरण अभ्यास गरिएको ।


 
				 
  
                 
                 
                 
                