Business, Entrepreneurs

बर्दियाको भुरिगाउँमा अल्मुनाई मिटअप

बर्दिया १५ चैत । बर्दियाको भुरिगाउँमा अलुम्नाई मिट अप कार्यक्रम सम्पन्न भएको छ ।
बालिका शिक्षा कार्यक्रम अन्तरगत कक्षा १२ पास गरेका बालिका (अलुम्नाई) हरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अलुम्नाई बालिकाहरुको प्रगतिका बारेमा जानकारी लिने, सफलताका कथा तथा अनुभव आदान प्रदान गर्ने र अलुम्नाईसँगको सम्बन्धलाई बढावा दिने उद्धेश्यले अलुम्नार्ई मिटअप गरिएको हो ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आयोजित कार्यक्रममा रुम टु रिडले तयार पारेको भिडियो क्जभ ऋचभबतभ ऋजबलनभक र जिवन उपयोगी शिपका बिषयमा परियोजना संयोजक हेमराज भट्टले जानकारी गराएका थिए ।
बास नेपालमा सिनियर सामाजिक परिचालक सबिता सुनारले सहजिकरण गरेको कार्यक्रममा सहभागि अलुम्नाई मिना थारु, कल्पना थारु, जगनी थारु, सुजिता थारु, गिप्सन थारु, सरस्वती थारु, सलिना थारु लगायतले आफ्नो अनुभव आदान प्रदान गरेका थिए । कार्यक्रममा अल्मुनाइको सफलताको कथा, अनुभव आदान प्रदानसँगै उनीहरुको क्षमता उजागर गर्न ट्यालेन्ट शो समेत गरिएको थियो । बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्ट, लेखा अधिकृत हंस शाही, सिनियर सामाजिक परिचालकहरु शोभा भण्डारी, रचना चौधरी र सविता सुनारको उपस्थिती रहेको थियो । कार्यक्रममा २० जना अलुम्नाईको सहभागिता रहेको थियो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द