Business, Entrepreneurs

महेन्द्र पुस्तकालयको नव–निर्मित सभाहल समुद्घाटन कार्यक्रम सम्पन्न

बाँके ०९ बैशाख । महेन्द्र पुस्तकालयको नव–निर्मित सभाहल समुद्घाटन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस पुस्तकालयबाट प्रकाशित २०८२ सालको भित्ते पात्रो पनि सार्वजनिक भएको छ, यस कार्यक्रम महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवकाे अध्यक्षता र नेपालगन्ज उप–महानगरपाकिाका प्रमुख प्रशान्त बिष्टकाे प्रमुख आतिथ्यतामा समपन्न भयो ।

सो कार्यक्रममा नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्टले यस पुस्तकालयलाई आर्थिक सहयोग गर्दे आएको आगामी दिनमा अझै आर्थिक सहयोग रकम दिने प्रतिवद्धता व्यक्त गनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार सनत रेग्मी , नेपालगन्ज उपमहानगरपालिकाका पुर्व उप प्रमुख उमा थापा मगर, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख धनसुदन चौलागाईले मनतव्य राख्नु भएको थियो । सोही कार्यक्रममा नेपालगन्ज उप–महानगरपाकिाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्का, नेपालगन्जका पूर्व प्रमुख विजय कुमार गुप्ता, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, प्राज्ञ शशीराम कार्की, सल्लाहकारज्यूहरु, सम्पूर्ण आजीवन सदस्यज्यूहरु, साहित्यिक संघ सस्थाका प्रमुखहरु एवं विद्धवान व्यक्तिहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा स्वागत भाषण यस पुस्तकालयका उपाध्यक्ष पंकज कुमार श्रेष्ठले गर्नु भएको थियो । भने निमार्ण समितिको अध्यक्ष जैद अहमद खाँले उक्त सभाहलमा निर्माणको लागि प्राप्त सहयोग र खर्चको विवरण पेश गर्नु भएको थियो । अध्यक्ष बलराम यादवले आगमी आर्थिक वर्षमा बाल पुस्तकालय र ई पुस्तकालय सञ्चालन गर्ने प्रवद्धता व्यक्त गर्दै नव–निर्मित हलमा ए.सी को व्यवस्था गरिदिनु हुन प्रमुख प्रशान्त बिष्टसंग अनुरोध गर्नुका साथै उपस्थिति सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उक्त कार्यक्रमको सञ्चालन यस पुस्तकालयका सचिव मणिदेव अर्यालले गर्नुभएको थियो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द