Business, Entrepreneurs

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयद्वारा तर्जुमा कार्यशाला सम्पन्न

नेपालगंज १७ बैशाख  । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको अयोजनामा नेपाल बाढी सामान्य पूर्वकार्य प्रोटोकल पुनर्ताजकी तथा योजना तर्जुमा कार्यशाला नेपालगंजमा सम्पन्न भएको छ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा बाँके, बर्दिया र कैलाली जिल्लाको ११ वटा पालिकाहरुमा उक्त गतिविधि संचालन हुनेछ । बाढी विपद्को उच्च जोखिममा रहेका २२ वटा समुदायलाई लक्षित गरिएको छ । कार्यक्रमबाट १० हजार जना लाभाविन्त हुने बताइएको छ ।

कार्यक्रममा नेरेसो बाँके शाखाका का.बा. सभापति शान्ति श्रेष्ठले बाढी विपद्बाट प्रभावित हुने समुदायलाई हेरेर योजना निर्माण गर्ने र विपद् पूर्व समुदायलाई सचेत गराउन अनुरोध गर्नु भयो ।

नेरेसो कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीले स्थानीय तहको नेतृत्वमा रेडक्रसले विपद् व्यवस्थापनमा प्राविधिक सहयोग गर्नुका साथै स्वयंसेवक परिचालन गरी समुदायलाई सहयोग गर्दै आएको स्मरण गराउनु भयो ।

साे कार्यक्रममा बाँके, बर्दिया र कैलाली जिल्लाको ११ वटा पालिकाका विपद् फोकल पर्सन र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

नेरेसो बाँके शाखाका का.बा.सभापति शान्ति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी र उद्देश्य माथि प्रकाश नेरेसो केन्द्रीय कार्यालय आपत्कालीन कार्यसंचालन केन्द्रका संयोजक डम्बर बहादुर विष्टले पार्नु भएको थियो । अभिमुखीकरणको सहजीकरण नेरेसो विपद् व्यवस्थापन विभागका प्रमोद अधिकारी गर्नु भएको थियो भने जलवायू परिवर्तन सम्बन्धी नेरेसो केन्द्रका विवेक कयस्थले प्रस्तुतीकरण गर्नु भएको थियो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द