मुख्यमन्त्री आचार्यद्वारा प्रथम रुरुक्षेत्र शालग्राम महोत्सवको उद्घाटन
पाल्पा २६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुरुक्षेत्र धाममा आयोजित प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२ को उद्घाटन गर्नुभएको छ । शुक्रबार एक भब्य समाराेहका विच मुख्यमन्त्री आचार्यले महाेत्सवकाे उद्घाटन गर्नु भएको हाे ।
नेपालका चार प्रमुख धार्मिक धामहरूमध्ये एक धाम रुरुक्षेत्रमा शालग्राम दिवसकाे अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाकाे सहकार्य तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिकाे व्यवस्थापनमा महाेत्सव आयाेजना गरिएको छ ।
महोत्सवमा विविध धार्मिक, सांस्कृतिक तथा पर्यटनमूलक कार्यक्रम समावेश गरिएको छ । रुरुक्षेत्र ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण स्थलमा आयाेजना गरिएको महोत्सवले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार भइ पर्यटनको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ । महाेत्सव २ दिन सम्म चल्नेछ ।


