जनता समाजवादी पार्टीकाे संगठन सुद्रिढिकरण तथा बिस्तार अभियानका क्रममा नेपालगंज वडा न. ५ र २१ नम्बरमा सम्पन्न
बाँके २७ बैशाख । जनता समाजवादी पार्टी बांकेको संगठन सुद्रिढिकरण तथा बिस्तार अभियानका क्रममा शनिबार नेपालगंज उप-महानगरपालिका वडा न. ५ र २१ नम्बरमा सम्पन्न भएको छ ।साे भेलाबाट वडा न. ५ को अध्यक्षमा सराफत खानको अध्यक्षतामा २१ सदस्यीय तथा वडा न. २१ मा त्रिवेणी बर्माको अध्यक्षतामा २१ सदस्यीय वार्ड समिति पुनर्गठन गरिएको छ।
पार्टीका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री माननीय भण्डारी लाल यादवको प्रमुख आतिथी रहेका थिए । पार्टीका केन्द्रिय सदस्य लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय आदेश कुमार अग्रवालको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अतहर हूसेन फारुकी अनुशासन बिभागका के. स. अमर खडका प्रदेश नेता माजिद शेष जुनेद कादरी जिल्ला अध्यक्ष दुर्गा प्रसाद बर्मा नेपालगंज नगर अध्यक्ष अरुण सिंह युवा नेता पंकज चौधरी महिला नेतृ तरन्नुम बानो मीरा श्रेष्ठ रुबी साई गीता मल्ल लालिमा मल्ल नेता जुम्मन खां लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


