न्याय माग्न जाँदा अन्याय भयो : बिट्टी
नेपालगन्ज २९ बैशाख । बाँकेको नरैैनापुरका एक जना महिलाले न्याय माग्न जाँदा अन्याय पाएको बताउनु भएको छ । नरैनापुर गाउँपालिका १ महतिनियाका ४२ बर्षिय बिट्टी जोलाहले पैसा आवश्यक रहेको भन्दै आफ्नै गाउँका रियाज खाँसंग सहयोग माग्दा मौकाको फाइदा उठाउन खोजेको आरोप लगाउनुभएको छ ।
बिट्टीको छोरा विदेश जाने तयारीमा रहेको हुनाले उहाँलाई पैसाको खाँचो आवश्यकता परेको थियो । पैसा खोज्न पुगेका नरैनापुर १ महतिनियाका बिट्टीले आफुलाई वडा सदस्यबाटै अन्याय भएको भन्दै न्यायको खोजीमा हिडिरहेको बताउनुहुन्छ । नरैनापुर १ महतिनियाका ४२ बर्षिय बिट्टी जोलाह आफ्नै वडाको वडा सदस्यबाट सहयोगको अपेक्षा राख्दा आफुमाथि अनैतिक सम्बन्ध राख्ने प्रयास गरेको उहाँले आरोप लगाउनुभयो । बिट्टीलाई छोरा विदेश पठाउन पैसाको खाचो थियो ।
पैसाको जोहो गर्न नरैनापुर गाउँपालिका वडा नं. १ का वडा सदस्य रियाज खाँ संग गुहार माग्दा आफुमाथि दुव्यवहार भएको पिडित महिला जोलाहले बताउनुभयो । २५ हजार भारतिय रुपैया घरजग्गा डिष्ट्रिक राखेर खोजिरहेका जोलाहले वडा सदस्य रियाजको साहाराले पाउने सम्भावना देखेपछि उहाँले भने बमोजिम गर्दै आएको बताउनुभयो ।
यही बैशाख ८ गते पैसाको लागि कटकुईया जानुपर्छ रियाजले भन्नुभयो सोही बमोजिम बिट्टीले सहमति जनाउनुभयो र दुबैजना हिडे । बाटोमा रियाजको नियत बदलियो । रियाजले बिट्टीको संवेदनशिल अंगहरुमा हात सुमसमाउन शुरु गर्नुभयो । बुट्टीले आत्मरक्षा गर्दै सो स्थानबाट भाग्न सफल भएको नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराउनुभयो । रियाजले एकान्त बाटोमा एक्लो मौका छोपी मेरो संबेदनशिल अंगहरु समाती जवरजस्ती करणीको प्रयास गरेको बिट्टीले पत्रकार सम्मेलनमा खुलेर भन्नुभयो । यस घटना बारे रियाजले अरु कसैलाई जानकारी गराए ज्यान मार्ने धम्की दिदै आउनुभएको पिडित बिट्टीले भन्नुभयो । मेरो छोरालाई समेत धम्काउदै आएको उहाँले जानकारी गराउनुभयो । रियाजले मलाई जहाँ गएपनि मेरो केहि विगार्न नसक्ने भन्दै भगवानपुर प्रहरी चौकीमा समेत अपशब्द प्रयोग गर्दै गाली गलौज गरेको बिट्टीले आरोप लगाउनुभयो । इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेमा जवरजस्ती करणी उद्योग सम्वन्धि कसूर पेश गर्दा प्रहरीले भने मुद्दा दर्ता नगरेको पिडित बिट्टीले जानकारी गराउनुभयो । बिट्टीले भन्नुभयो मलाई बारम्बार धम्काउने कार्य रियाजले गर्दै आएको छ मेरो सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । म त्रासमा छु हरेक दिन निद्र पर्दैन उहाँले भन्नुभयो । मेरो ज्यानको रक्षाका लागि रियाजले जिम्मा लिनुपर्छ बिट्टीले भन्नुभयो ।
यस्तै नरैनापुर गाउँपालिका १ महतिनियाका ५० बर्षिय रिजाय खाँ ले भने बिट्टी जोलाहले मलाई लगाएको आरोप झुटो रहेको जानकारी गराउनुभयो । मसंग पैसा खोज्न भनेको सत्य हो तर मलाई जवरजस्ती करणीको प्रयास गरेको आरोप झुटो रहेको उहाँले भन्नुभयो । यदि घटना साँचो भएको भए घटना घटेको दिन नै उजुरी दिनुपर्ने हो तर यतिका दिनपछि उजुरी दिन जानु र मलाई आरोप लगाउनु सरासर गलत हो रियाजले भन्नु्भयो । मैले न बिट्टीको छोरा न बिट्टी कसैलाई धम्काएको पनि छैन यो सब मलाई फसाउने खेल रचेको उहाँले भन्नुभयो ।
यता भगवानपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाएको जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक दीपक पातलीले भने घटना अनुसन्धानको क्रममा रहेको जानकारी गराउनुभयो । सत्यतथ्य बुझेर प्रक्रिया अगाडी बढाउने प्रवक्ता पातलीले भन्नुभयो । अहिले घटनाको बारेमा सत्यतथ्य अनुसन्धान भैरहेको जानकारी गराउनुभयो ।


