Business, Entrepreneurs

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाद्वारा तातो हावाको लहर “लु” बारेमा स्वयंसेवकहरुलाई तालिम

नेपालगंज ७ असार । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावाको लहर “लु” बारेमा स्वयंसेवकहरुलाई तालिम दिएको छ ।
नेपालगंज सहरका मानिसहरुले अत्याधिक गर्मीलाई कसरी अनुभव गर्दछन् र त्यसको जोखिम तथा प्रभावहरु कसरी बुझेका छन् भन्ने अध्ययनका लागि नेपाल रेडक्रस सोसाइटी बाँकेले १५ जना स्वयंसेवक परिचालन गरेको छ । ती स्वयंसेवकहरुलाई कोबो कलेक्सन सफ्टवेयर एप्स सम्बन्धी तालिम दिएको छ । तालिम प्राप्त स्वयंसेवकहरु‌ नेपालगंज उपमहानगरपालिका वडा नं. १३,१४,१९,२१ र २२ को समुदायमा पुगी अन्र्तवाताको माध्यमबाट तातो हावा “लु” को बारेमा सूचना संकलन गर्ने छन् ।
उक्त तालिममा तातो हावाको लहर “लु”, रेडक्रस अभियान प्रचार प्रसार र कोबो कलेक्सन सफ्टवेयर एप्सको सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यासको माध्यमबाट सिकाइएको थियो ।
तालिमको सहजकर्ताहरुमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका विवेक कयस्थ र सृजना देवकोटा नेरेसो बाँकेका प्रहलाद विश्वकर्मा र झवीलाल शर्मा रहनु भएको थियो ।
शुभारम्भ कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेपालगंज उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष मजहर अलि साई, २१ नं. वडा अध्यक्ष राजकुमार साहु, नेरेसो बाँकेबागिया उपशाखाका सभापति चित्रबहादुर के.सी. लगायत स्वयंसेवकहरुको सहभागिता रहेको कुुरा नेरेसो बाँके शाखाका बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले जानकारी दिनु भएको छ ।

फाेटाे