Business, Entrepreneurs

जानकी गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई क्षमता विकास तालिम शुरु

बाँके २२ असार । कर्मचारी र जनप्रतिनिधि का लागि स्थानीय सरकार संचालन तथा व्यवस्थापकीय आयाम बिषयक २ दिने क्षमता विकास तालिम जानकीमा शुरु भएको छ ।
जानकी गाउँपालिका बाँकेको आर्थिक सहयोग र मार्कयुस इन्जिनियरि∙ कन्सट्रक्सन एन्ड सप्लायर्स प्रा ली टिकापुर १ कैलालीको आयोजनामा आईतवारदेखि २ दिने क्षमता विकास तालिम शुरु भएको हो ।
गाउँपालिका अध्यक्ष छव्वन खाँको अध्यक्षतामा शुरु भएको कार्यक्रममा पालिकाका कर्मचारीहरु र जनप्रतिनिधि सहभागिता रहेको सो तालिममा आइतबार  पहिलो दिन डिल्ली वि सि ले स्थानीय सरकार संचालन तथा व्यवस्थापकीय आयामका बारेमा प्रशिक्षण दिएका थिए ।तालिममा गाउँपालिका अध्यक्ष खाँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर वहादुर विक ,वडा अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु ,वडा सदस्यहरु,पालिकाका शाखा प्रमुखहरु ,कर्मचारीहरुको उपस्थिती रहेको थियो । आईतवारदेखि २ दिनसम्म चल्ने क्षमता विकास तालिम सोमवार समापन हुनेछ ।