अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न
०४ भदौ, बुटवल
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको वार्षिक स्वीकृत तालिम क्यालेण्डर अनुसार मिति २०८२।०४।०५ गते देखि सञ्चालन भएको २६ कार्यदिन अवधिको आवासीय “अपराध अनुसन्धान तथा नियन्त्रण तालिम(प्र.ज देखि प्र.ब.ह.)” १२१औं समुहको मिति २०८२।०५।०३ गते यस केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुबाट उठेका जिज्ञासाहरुलाई समादेशकबाट सम्बोधन, प्रमाणपत्र वितरण गर्नुका साथै उपस्थित सम्पुर्णमा निर्देशन सम्बोधन गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो साथै उक्त कार्यक्रममा यस केन्द्रका सम्पुर्ण सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरुका साथै यस केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।


