गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा १५औँ बार्षिक साधारणसभा सम्पन्न
नेपालगन्ज ०५ भदौ । नेपालगन्ज बाँकेमा अवस्थित प्रधान कार्यालय गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५औँ बार्षिक साधारणसभा बिहीबार सम्पन्न गरेको छ । साधारणसभामा आ.व. २०८१÷०८२ मा संस्थाले १२ करोड ८१ लाख ४२ हजार ५ सय १६ रुपैयाँ ७९ पैसा बराबारको कुल काराेबार गरेको छ । जसमा शेयर पुँजी १ कराेड ११ लाख १९ हजार ७ सय रहेको छ । यस्तै खुद बचत ८ लाख ९९ हजार ७ सय ५८ रुपैया २१ पैसा गर्न सफल भएको सस्थाका सभाअध्यक्ष प्रदिप चौधरी ले जानकारी दिनुभयो ।
साधारणसभाका प्रमुख अतिथि संस्थाको जेष्ठ सदस्य तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नः १३ स्थित बस्ने कृष्ण नाथ योगीले पानसमा दिप प्रज्वलन बलाएर उद्वघाटन गरेका थिए । बाँकेमा गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्कृष्ठ काम गरी हामी सवैको संस्था भएकाले सवै लाग्नमा पर्ने नेतृत्वदायि भूमिका खेल्नु पर्ने बताए। गुरुकुल सहकारीमा सवै आवद्ध भएर यसलाई प्रदेश नम्बर ५ कै उकृष्ट बनाउन लाग्नु पर्ने जानकारी दिनुभयो ।अतिथि नेफ्स्कुन फिल्ड व्यवस्थापन उप समिति सदस्य, जिल्ला बचत तथा ऋण सहकारी संघ लि का सचिव र यस संस्थाका पुर्व अध्यक्ष तथा हाल वरीष्ठ सल्लाहकार प्रेम बहादुर शाह , राष्ट्रिय सहकारी बैंक लि. शाखा प्रमुख प्रकाश थपलियाले गुरुकुल सहकारी संस्थाले पहिलाको भन्दा अहिले धेरै प्रगति गरेको र जसले बाँके जिल्ला उकृष्ठ संस्था भई अघि बढ्ने विश्वास ब्यक्त गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखाका शाखा प्रमुख प्रविन कुमार राना, ओम साई बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु वहादुर अधिकारी ,प्रारम्भ बहुउद्धेश्यीय सहकारी संस्था लि. का अध्यक्ष रवि सिंह महत्तरा, लगाएतका साधारण सभामा सहभागी रहेको सहकारीका व्यवस्थापक टिकाराम चाैधरीले जानकारी दिनुभयो । भने बचत तर्फ बनारसी लाल वैश्य, मो. सरीफ बेहेना, मोहन कुमार तमाली, सकिना बागवान, आरभ वैश्य, भानुभक्त शर्मा, रामरति देवि हल्वाईनी, सुरेश कुमार हल्वाई लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।


