राजनीति

मोबाइल भ्यानको ठक्करबाट तीन जना घाइते एक जना गम्भीर

पुष २ बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं. ४ स्थित नहर चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । नेपालगन्जबाट खजुरा तर्फ जाँदै गरेको भे १ ज ३३९ नम्बरको मोबाइल भ्यानले सोही दिशामा रहेको भे १३ प ९४२८ नम्बरको अपाची मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । घाइतेमध्ये २० वर्षीया मञ्जु धोबीको अवस्था गम्भीर रहेको छ।

जिल्ला नेपालगन्ज उ.म.न.पा.वडा न.१८ कारकादो गाउँमा बस्ने दुर्घटनामा मञ्जु धोबी, सुर्ती धोबी ५५ र चालक गिरबल धोबी २४ वर्षीय घाइतेको दाहिने साईड कम्मरमा ददारिएको र दाहिने हातमा चोट लागेको छ । उनीहरूको नेपालगन्जस्थित सन्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।मोटरसाइकल चालक गिरबल धोबीसँग सवारी चालक अनुमति पत्र रहेको र उहाँले मादक पदार्थ सेवन नगरेको (मापसे नेगेटिभ) पुष्टि भएको छ ।

राजनीति