मनाेरञ्जन

नेपालगन्ज महोत्सव थारू गाउँमा सलाेनी चाैधरीको बेजोड प्रस्तुति

नेपालगन्ज ०८ माघ । आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आज नेपालगन्जको प्रदर्शनी स्थल तथा थारू गाउँमा चर्चित गायिका सलाेनी चाैधरीको सांगीतिक प्रस्तुति दर्शकका लागि मुख्य आकर्षण बनेको छ । महोत्सवमा चर्चित गायिका चाैधरी काले काले भिनाजुको बाेकेदारी बोलको चर्चित गीत प्रस्तुत गरेपछि नेपालगन्जका दर्शक थारू गाउँमा जुर्मुराएका थिए । चाैधरीका सबै गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लासका साथ रमाएका थिए ।थारू गाउँका संयोजक मंगल चाैधरीले जानकारी गराउनु भएको छ ।