राजनीति

‘नेपालगन्ज वडा नं. ६ मा कांग्रेसका सुधांशु कोइरालाको घरदैलो’

बाँके ०६ फागुन । बाँके क्षेत्र नं. २ अन्तरगत नेपालगन्ज-६ मा नेपाली कांग्रेसका उम्मेद्वार सुधांशु कोइरालाले बुधबार मतदाताका घरदैलो पुगेर मत मागेका छन् ।
पहिलो पटक जनप्रतिनिधिका लागि संसदीय चुनावमा प्रत्यासि भएका युवा उम्मेद्वार कोइरालाले मतदाता समक्ष पुगेर कांग्रेसले जन भावनालाई संबोधन गर्ने बताएका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण योगदान गरेको कोइराला परिवारका पछिल्लो पुस्ता हुन कोइराला । राजनीतिक संस्कार सहित हुर्केका कोइराला लोकप्रिय युवा हुन् ।
राजनीतिक संस्कार सहित नेपालगन्जको विासका लागि कोइराला परिवारको भूमिका अतुलनिय रहँदै आएको छ ।
आज उप महानगरको पुरानो टोल फुलटेक्रा क्षेत्रमा मत माग्दै कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी मतदान गरिदिनुहुन मतदातालाई अनुरोध गरेका छन् ।