दाङ १८ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्रको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले देश तथा विदेशमा रहेका नेपाली मुस्लिम समुदायका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको हो
भैरहवा १६ चैत ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने गरी महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरूको अन्तरसंवाद कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले महिलाहरूलाई समानुपातिकभन्दा पनि प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत प्रतिस्पर्धा गरेर
बर्दिया १५ चैत । बर्दियाको भुरिगाउँमा अलुम्नाई मिट अप कार्यक्रम सम्पन्न भएको छ । बालिका शिक्षा कार्यक्रम अन्तरगत कक्षा १२ पास गरेका बालिका (अलुम्नाई) हरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अलुम्नाई बालिकाहरुको प्रगतिका बारेमा जानकारी लिने, सफलताका कथा तथा अनुभव आदान प्रदान
दाङ १४ चैत  । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । यस योजनाले प्रदेशको विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशको दोस्रो
भैरहवा १३ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई ‘मिनी नेपाल’ को संज्ञा दिँदै यस क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिएको बताउनु भएको छ । कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक अन्तरक्रिया कार्यक्रमको चौथो सत्र ‘अलमलमा अर्थनीति र राजनीति’ शीर्षकमा
बाँके १३ चैत । खजुरा गाउँपालिका अन्तरगतका सबै माध्यमिक बिद्यालयहरुसँग पालिकास्तरिय कार्यक्रम परिचयात्मक बैठक सम्पन्न गरिएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालीत बालिका शिक्षा कार्यक्रम अन्तरगत उक्त बैठक सम्पन्न भएको हो । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकको
नेपालगन्ज १३ चैत । बाँकेको जानकीमा लघु उद्मम शाखा मानपुर बाँकेको आयोजनामा गरिवी निवारणका लागी लघु उद्मम विकास कार्यक्रम अन्र्तगत  आर्थिक सम्वृद्धिको आधार ,लघु उद्मम मार्फत रोजगार भन्ने मूल नाराका साथ फाल्गुन २६ गतेदेखि शुरु भएका १५ दिने डल कुशन बनाउने तालिम बुधबार सम्पन्न भएको हो
बाँके १३ चैत्र । नरैनापुर गाउँपालिका वडा नं ४ जयरामपुरवाका आगलागी प्रभावितपरिवारहरूलाई नेपाल रेडक्रस सोसाइटीद्वारा गैरखाद्य राहत सामग्री वितरण गरिएको छ। उक्त आगलागीबाट १७ घरपरिवार प्रभावित भएका थिए । ती परिवारलाई नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाको अगुवाइमा राहत वितरण गरिएको हो । वितरण गरिएको
दाङ ११ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आपसमा जोड्न मोनोरेल सञ्चालन गर्ने सम्भावना रहेको बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य तथा नेपालका प्रतिष्ठित उद्योगी व्यवसायी विनोद चौधरीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा भएको छलफलमा मुख्यमन्त्री आचार्यले कपिलवस्तु,
नेपालगन्ज ११ चैत । नेपालगन्जमा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम सोमवारदेखि सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका स्तरिय युवा क्लव संजाल बाँकेको आयोजनामा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम सुरु भएको हो । नेपालगन्ज उपमहानगरपालिका, एसडिएफ बाँके, सगरमाथा ई.बो. स्कूल कारकादो,