जानकीमा १५ दिने डल कुशन बनाउने तालिम सम्पन्न
नेपालगन्ज १३ चैत । बाँकेको जानकीमा लघु उद्मम शाखा मानपुर बाँकेको आयोजनामा गरिवी निवारणका लागी लघु उद्मम विकास कार्यक्रम अन्र्तगत आर्थिक सम्वृद्धिको आधार ,लघु उद्मम मार्फत रोजगार भन्ने मूल नाराका साथ फाल्गुन २६ गतेदेखि शुरु भएका १५ दिने डल कुशन बनाउने तालिम बुधबार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत नर वहादुर वि क ले जसको आर्थिक अवस्था कमजोर छ त्यस्ता दिदी वहिनीहरुलाई उद्मको तर्फबाट सिप सिकाईयो भने उनिहरुलाई जिविकोपार्जन गर्न सहज हुन्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।सिप सिकेर त्यतिकै घरमा बस्न नहुने सिकेको सिपलाई आफुले पनि घरमा उपयोग गर्न सहभागी प्रशिक्षर्थीहरुलाई उनले भने ।
वडा नम्वर ४ की वडा सदस्य केकई धोवीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव , प्रमुख प्रशासकिय अधिकृत नर वहादुर वि क ,न्यायिक शाखाका अधिकृत जित वहादुर श्रेष्ठ ,लघु उद्मम शाखाकी प्रमुख सावित्री रेग्मी लगाएतका उपस्थितीमा २१ जना प्रशिक्षर्थीहरुलाई प्रमाणपत्र समेत दिईएको थियो ।१५ दिने सम्म चलेको तालिममा पुश्पा शर्माले प्रशिक्षण दिएकी थिईन ।


