Uncategorized

बाँकेमा चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि

साउन १२, नेपालगन्ज । बाँकेमा बिहीवार थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ६ जनाको पीसीआर परीक्षण गर्दा ३ र जमुनाहा नाकामा एकजनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो । जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १५८ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । जसमध्ये २० हजार ७४६ जना निको भइसकेका छन् ।बिहीवारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ५८ रहेको फोकलपर्सन वलीले जानकारी दिए । संक्रमित सबै जनाले होमआइसोलेसनामा स्वास्थ्य लाभ गरिरहेका छन् ।