प्रदेश तथा संसदीयमा स्वतन्त्र उम्मेदवार घोषणा
भदौँ ०२ नेपालगन्ज,
बाँके क्षेत्र न।२ बाट प्रदेश तथा संसदीय सभामा स्वतन्त्र उम्मेदवारको विहिबार पत्रकार सम्मेलन गरेर घोषणा गरेका छन ।
हिन्दुवादी नेता देबागर खनाल बाँके क्षेत्र नं। २ बाट संसदीय सभामा र नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियार प्रदेश सांसद सदस्यका लागि स्वतन्त्र उम्मेदवारीको आज घोषणा गरेका छन ।
हिन्दुवादी नेता खनालले हिन्दु राष्ट्र निर्माणको लागि, विश्वभरी छरिएर रहेको ॐकार परिवार ९बैद्विक० सनातनीहरुलाई एकत्रित गर्न, बैद्विक सनातनी भित्र रहेका विकृति विसंगति जस्ता कुरीतिहरुलाई समाप्त गर्न, यस क्षेत्रमा रहेको शक्ति पीठ श्री बागेश्वरी मन्दिर तथा देशै भरिरहेका शक्ति पीठ तथा मन्दिर, गुम्बा तथा ॐकारहरुका देवी देवता स्थानहरुलाई संरक्षण तथा सम्वद्र्धन गर्न, शक्ति पीठ श्री बागेश्वरी मन्दिरलाई राष्ट्रिय गुठी विकासको लागि पहल गर्ने, देशमा अत्यधिक रुपले सनातनीहरुलाई नै राजनैतिक होस वा धार्मिक रुपमा ९समूह–मजहब० होस, धर्म परिवर्तन र चेलीबेटीलाई भईरहेका अन्यायबाट रोक्न मेरो स्वतन्त्र उम्मेदवारी रहेको तर्क पत्रकार माझ बताउनुभयो ।
हिन्दुवादी नेता खनालले गौरक्षाको लागि गौशालाहरुको प्रवद्र्धन र गुरुकुलको स्थापना गर्ने, भौतिक विकासका लागि यस देशमा हिन्दु राष्ट्र कायम गरी गौतमबुद्ध, बेदव्यास, माता सीता र अन्य ऋषिमुनीहरुको तपोभूमिको रुपमा रहेको यो देशलाई धार्मिक आस्थाको रुपमा विश्वभरीका ॐकार परिवारलाई तथा अन्य समूह ९धर्म० लाई पनि प्रभावित पारी पर्यटक भित्र्याउने र पानीको व्यवस्थापन गरी कृषि तथा उद्योगहरुलाई बढीभन्दा बढी प्रोत्साहन गर्ने उद्देश्यका साथ मेरो स्वतन्त्र उम्मेदवारी रहेको बताउनुभयो ।
नेताहरुले विगतमा नेपालका आमालाई नै धोका दिएको हुँदा अब पुनः हिन्दु राष्ट्र कामय हुनुपर्ने त्यसैको लागि मेरो उम्मेदवारी रहेको बताउनुभयो । मलाई पद, पैसाको लोभ छैन, २४ दिन अगाडी नै मैले अमेरिकाको ग्रीन कार्ड छोडेर नेपाल आमाको सेवा गर्ने उद्देश्य बोकी यही माटोमा बिलिप हुने उद्देश्यका साथै अन्तमा मेरो जीवन यसै सनातनी ॐकार पविारमा जन्मेकोले मेरो समाज मेरो क्षेत्र मेरो देश र अन्नतः मेरो अन्तिम प्राण पनि यही माटोको लागि समपर्ण गर्न चाहान्छु भनी मेरो स्वतन्त्र उम्मेदवारी रहेको बताउनुभयो ।


