बागेश्वरी क्याम्पसका विद्यार्थी फेयरवेलमा रमाए
भदौँ ०२ नेपालगन्ज,
बागेश्वरी क्याम्पस बाँकेका विद्यार्थीहरु बिहीबार विद्यालयमा आयोजित ‘वेलकम तथा फेयरवेल’ कार्यक्रममा रमाएका छन् ।नियमित रुपमा कक्षामा पठन पाठन गर्ने शिक्षक तथा विद्यार्थी विद्यालयका विद्यार्थीले आयोजना गरेको सांस्कृतिक कार्यक्रम सहितको पुरस्कार वितरण कार्यक्रममा रमाएका हुन् ।

बीएससी सीएसआइटी बीसीए २०७७ ब्याच र २०७५ ब्याचले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले आ आफ्नो कला प्रस्तुत मात्रै गरेनन् आफू अब्बल हुने र विद्यालयलाई पनि अब्बल बनाउन इमान्दारिता पूर्वक प्रयास गर्ने बताए ।
ब्याचका सिनियर विद्यार्थीले जुनियर विद्यार्थीलाई समस्या भए सुझाव दिने, समाधानका लागि पहल गर्ने, अध्ययनमा आइपर्ने जटिलतामा सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
क्याम्पसका प्रबन्ध निर्देशक राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि क्याम्पस प्रमुख वीरेन्द्र सिंह साउन, प्रोग्राम कोर्डिनेटर अशोक चन्द, पंकज पाण्डे रहेका थिए । यसै गरी कार्यक्रममा अतिथिहरु क्षितिज भट्ट, सुधिर गौतम, निर्मल गौतम, प्रकाश थारु, लौटन थारु, काशीराम गौतम, प्रमोद जोशी, गीता गौतम, सुबास चौधरी, उमा थारु लगायतको उपस्थिति रहेको थियो ।


