Uncategorized

बर्दिया माओवादीले नछोडे बाँकेबाट चुनाव लड्छु ः सह–महामन्त्री राठौर

बर्दिया ५ असोज ।

नेपाली काँग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले बर्दियाको २ नम्बर क्षेत्रमामा माओवादीले नछोडे आफू बाँकेको ३ नम्बर क्षेत्रमा चुनाव लड्ने बताएका छन् ।नेपालगन्ज विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग सह–महामन्त्री राठौरले गठबन्धन दलबीच सिटको बाँडफाँटमा ८० प्रतिशत सहमति भइसकेकाले भने ‘बर्दिया लगायत केही जिल्लामा एउटा क्षेत्र माओवादीले लिने, एउटा क्षेत्र हामीले लिने भनेको जस्तो यस्तो केही जिल्लामा कसरी तालमेल गर्ने भन्ने विषयमा अझै टुङ्गो भएको अवस्था छैन, होइन भनेअरु सबै कुरा टुङ्गि सकेको अवस्था छ ।मैले २० वर्षदेखि बर्दिया क्षेत्र नम्बर २ बाट राजनीति गरिरहेको अवस्था हो, मेरो ६० वर्षदेखि नेपालगन्जमा घर छ, तर बर्दियामा जिरोबाट आफ्नो राजनीति सुरु गरे, संगठन पनि सुरु गरेको हो ।
मैले बर्दिया छाड्नु प¥यो भने बाँकेमा आउने सोच बनाइरहेको परिस्थिती हो, तर अहिलेसम्म टुङ्गो गरेको परिस्थिती होइन । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नु असबैधानिक कदम हो ।’ सह–महामन्त्री राठौरले भने ‘राष्ट्रपतिको यो अबैधानिक कदम हो, यसमा चाही नेपाली काँग्रेसको सहमति छैन । राष्ट्रपतिलाई पहिलो चोटी फिर्ता गर्न अधिकार भए पनि दोस्रो पटक पनि फिर्ता गर्नु असबैधानिक भएको हो ।’ सह–महामन्त्री राठौरले भने ‘नागरिकता नपाएर लाखौँ जनताले दुःख पाइरहेको अवस्थामा, छिटो भन्दा छिटो नागरिकता दिनु पर्नेमा राष्ट्रपतिले फिर्ता गर्नु संविधान सम्वत नभएकाले हिजो यही कुरा केपी ओलीले अध्यादेशबाट ल्याउनु भएको हो, नयाँ कुरा केही पनि छैन, यसलाई राष्टपतिले फिर्ता गर्नु संविधान सम्वत छैन ।’

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द