लुम्बिनी प्रदेश स्तरीय छनौटको लागि ४ विद्याका ८० जना खेलाडीलाई बिदाई
 
			 बाँके ५ असोज । यही अन्तिम साताबाट हुने नौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा प्रदेश स्तरीय छनौटका लागि बाँकेबाट ८० जना खेलाडीलाई बिदाई गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिले बुधबार एक कार्यक्रम गरेर लुम्बिनी प्रदेश स्तरीय छनौटको लागि ४ विद्याका उनीहरुलाई बिदाई गरेको हो ।
जसमा टेनिश, ह्याण्ड बल, कराँते र जुडोका गरी ८० जना खेलाडीलाई बिदाई गरिएको छ ।
बिदा भएर गएका खेलाडी दाङ र बाँकेका विभिन्न स्थानमा छनौटका लागि गएका छन् । खेलकुद विकास समिति बाँकेका अध्यक्ष संदिप जंग शाहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य कृष्णा के.सी (नमुना) ले प्रदेश स्तरीय छनौटका लागि जाने खेलाडीहरुलाई बिदाई गरेकी छन् ।
खेलकुद विकास समितिका अध्यक्ष शाहले आफ्नै लगानीमा खेलाडीहरुलाई पोशाक उपलब्ध गराएको जानकारी दिएका छन् ।
अध्यक्ष शाहले पटक–पटक गृह जिल्ला रहेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकलाई बजेट र खेलाडीहरुको आवश्यक प्रवन्धको लागि आग्रह गर्दा बेवास्ता गरेको गुनासो गर्दै शून्य बजेटमा आफूले जिल्ला खेलकुद विकास समिति चलाइरहेको बिडम्वना पोख्दै आवश्यक बजेट छुट्याउन जोडदार माग गरेका छन् ।
खेलकुदको विकास र उत्कृष्ट खेलाडी उत्पादनको लागि प्रदेश सभा सदस्य नमुना मार्फत बजेट माग गरिएको अध्यक्ष शाहले बताएका छन् ।


 
				 
  
                 
                 
                 
                