Uncategorized

नेपालगञ्ज महोत्सवको मञ्चमा चर्चित डान्सर रुबिना र आरुसीको परिवारलाई सम्मानित

बाँके १७ माघ ।

बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा मंगलबार चर्चित डान्सर रुबिना अधिकारी, डान्सर आरुसी मगर र उनीहरुको परिवारलाई सम्मानित गरिएको छ ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा मंग्लवार  बाँकेकी चेली एवं चर्चित डान्सर रुबिना अधिकारी, डान्सर आरुसी मगर र उनीहरुको माता पितालाई आयोजकले सम्मान गरेको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु कुमारी खड्का र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.का अध्यक्ष भक्त बहादुर थापाले एक कार्यक्रम बीच नेपालगञ्ज महोत्सवको मञ्चमा उपस्थित हजारौं दर्शक माझ उनीहरुलाई खादा ओढाएर सम्मानित गरेको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

सो अवसरमा बोल्दै डान्सर रुबिना र आरुसीले नेपालगञ्जकै मञ्च हुदैँ आज यस ठाँउमा उभिन पाउनु आफ्नो परिवारको ठूलो हात रहेको अनुभव सुनाए । यस मञ्च सम्म पुगाउने माता पिता प्रति कृतज्ञता व्यक्त गरिन ।

रुबिना र आरुसीको माता पिताले उनीहरु भित्र रहेको कलालाई बाहिर ल्याउन यस क्षेत्रलाई बुझेर देखाएको व्यवहार प्रतिको कदर गर्दै आयोजकले सम्मान गरेको जनाएको छ ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द