महोत्सवमा गायक रामजी खाँडको व्यापक चर्चामा आएका गीतहरुमा रमाउदै
बाँके १७ माघ।
बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा चर्चित राष्ट्रिय कलाकार गायक रामजी खाडको ट्रेन्डिङ्गमा रहेका बिभिन्न गीतहरुमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् ।
चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा गायक रामजी खाँडको व्यापक चर्चामा आएका गीतहरुमा रमाउदै दर्शकले झुमेर मनोरञ्जन लिएका हुन । महोत्सवको सातौं दिन मंगलबार साझ नेपालगञ्जको चिसो मौसमलाई रामजीको न्यानो प्रस्तुतीले माहोललाई ताताएको हो । पछिल्लो समय नेपाली संगीतमा निकै चर्चा कमाएको रामजीको प्रस्तुती हेर्नका लागि बाँके लगायत अन्य जिल्लाबाट महोत्सव परिसरमा पुगेका छन ।
हजारौ दर्शकका बीच गायक रामजीले मनोरञ्जन दिदैँ दर्शकले आफ्ना गीतहरुलाई माया गरेर मन पराईदिएकोमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग पाईरह्ने अपेक्षा नेपालगञ्जबाट लिएर फर्किएका छन ।
उनको प्रस्तुती हेर्न युवा उमेरका मात्र नभई बृद्धहरुको पनि बाक्लो उपस्थिती देखिएको थियो । उनले आयोजक मार्फत आफ्ना केही फ्यानहरुलाई भोलिको लागि पास समेत प्रदान गरेका छन ।
उनले दर्शकलाई मनोरञ्जन गराउन आफ्ना गीत फुल फुलेरै पयालों भयो, छलछल पानी गाग्रीमा, एकएक जोडे दुई हुन्छ, जाम्ला नि लाहुर लगायतका चर्चित गीत प्रस्तुत गरेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिका १८ कारकाँदो स्थित सडक डिभिजन कार्यालयको परिसरमा माघ १० गते देखि सुरु भएको महोत्सव अझै ९ दिन सम्म चल्ने आयोजकले यस अघि नै जनाएसकेको छ ।


