Uncategorized
लागू औषध ब्राउन सुगर जस्तो पदार्थ सहित मानिस पक्राउ
माघ २६ बाँके ,
लागू औषध ब्राउन सुगर जस्तो पदार्थ सहित मानिस पक्राउ गरिएको छ ।
बिहीबार जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१ वाटरपार्क स्थित लागू औषधको कारोवार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो नेपालगंज बाँकेबाट खटिएको थियो । संयुक्त प्रहरी टोलि खटि गई चेकजाँच गर्ने क्रममा जिल्ला रुकुम पश्चिम सानोभेरी न.पा.१० बस्ने बर्ष २८ को तिलक डाँगीले लगाएको ज्याकेटको खल्तिमा लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ५० ग्राम सहित बरामद गरी निजको साथमा रहेका ऐ.ऐ.५ बस्ने बर्ष ३५ को बिनोद कुमार गौतम र ऐ.ऐ.बस्ने बर्ष ३३ को सोनिराम के.सी.लाई समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाईएको छ ।


