ईम्प्रेशन नेपाल बाँकेले ४४ औं स्थापना दिवस मनाए
नेपालगन्ज १५ माघ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट ईम्प्रेशन नेपाल बाँकेले ४४ औं स्थापना दिवस मनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको जिफन्ट नगर कमिटी कार्यालयमा ईम्प्रेशन नेपालले अन्तरक्रिया कार्यक्रम र केक काटेर मनाएको हो ।
उक्त कार्यक्रमको प्रमुख आतिथ्यमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य पुर्ण बहादुर केसी, बरिस्ठ युनियनकर्मी केशब गिरी, अतिथिमा जिफन्ट बाँके इन्चार्ज सुमन गिरी श्रेष्ठ, पूर्व ईम्प्रेशन नेपाल बाँके अध्यक्ष मोहनलाल सोनकर, जिफन्ट नगर अध्यक्ष कृष्ण बहादुर बुढा, जिफन्ट नगर कमिटी उपाध्यक्ष दिपेश आचार्य , नेकपा एमाले जिल्ला कमिटी सदस्य अनिता थापा, नेपाल स्वास्थ्यकर्मी बाँकेका सचिव मुस्लिम खान, नगर युवा कमिटी सहसचिव सुनिता तिवारी लगायतको उपस्थित रहेको थियोे ।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त संगठनले गरेका कामहरुको प्रशंसा गरेका थिए । प्रेसमा काम गर्ने श्रमजीवी श्रमिकहरुको हकमा निरन्तर काम गरिरहेको नेपाल बाँकेका अध्यक्ष विकास पाठकले बताउनुभयो । संगठनलाई पार्टी भन्दा भिन्नै किसिमले सञ्चालन गर्नुपर्नेमा सबैले जोडदिनु भएको थियोे । ईम्प्रेशन बाँकेका सचिव सुरेश थारुले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।


