Uncategorized
बैङ्किङ कसूर मुद्दाको फरार प्रतिवादी पक्राउ कबडिया
नेपालगन्ज १२फागुन ।
बैङ्किङ कसूर मुद्दाको फरार प्रतिवादी पक्राउ गरिएको छ ।सम्मानित बाँके जिल्ला अदालतको मिति २०७७।११।१० गतेको फैसलाले जिल्ला बाँके जानकी गा.पा. ३ ईन्द्रपुर बस्ने वर्ष ४० को वासिर अली शेष कबडियालाई बैङ्किङ कसूर मुद्दामा १ बर्ष ६ महिना कैद सजाय तोकिएको थियोे । निज हालसम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजलाई पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी बाँकेले जानकारी दिनुभयो ।


