Uncategorized

११६ ग्राम लागुऔषध ब्राउन सुगर सहित तीन जना व्यक्ति पक्राउ

 

बाँके १३ फागुन ।

११६ ग्राम लागुऔषध ब्राउन सुगर सहित तीन जना व्यक्ति पक्राउ गरिएको छ ।
शनिबार जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडी स्थित जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.७ बस्ने बर्ष २१ को बिशाल सिंह ठकुरी पछाडी सवार भई जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ बस्ने बर्ष १८ को निर्जन ढकालले पश्चिम तर्फबाट चलाई ल्याएको थियो । भे.१३प.२७३ नं.को आर.टि.आर.मोटरसाईकल सडक छेउमा फलफुल खरिद गर्न लागिरहेको अवस्थामा निजहरु दुबै जनालाई प्र.स.नि.कमल के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले शंका मानी निजहरुको शरीर समेत तलासी लिंदा बिशाल सिंह ठकुरीको साथबाट ११५ ग्राम ७८० मिलिग्राम र निर्जन ढकालले कानमा लुकाई राखेको २२० मिलिग्राम गरी जम्मा ११६ ग्राम लागुऔषध ब्राउन सुगर, मोबाईल थान-३ (तिन), रु.९,८००।–(नौ हजार आठ सय) र भे. १३ प. २७३ नं. को निलो रङको आर.टि.आर. अपाची मोटरसाईकल थान-१ (एक) सहित निजहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले उक्त लागुऔषध भारतको बलई गाउँबाट ल्याएको र उक्त लागुऔषध भारतको बलई गाउँबाट ल्याउँदा जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.७ बस्ने बर्ष २८ को बिक्रम सिंह ठकुरी पनि कोहलपुरसम्म उक्त लागुऔषध ओसार पसारमा संलग्न रहेको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलाएपछि निज बिक्रम सिंह ठकुरी लाई आजै जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ स्थित फेला पारी निजहरु तीन जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द