Uncategorized

जानकी गाउँपालिकामा भु उपयोग वर्गीकरणको तयारी सम्वन्धी कार्यक्रम सम्पन्न

 

 

बाँके ४ बैशाख।
जानकी गाउँपालिका मानपुर बाँकेले गाउँपालिकाको भु उपयोग वर्गीकरणको तयारी सम्वन्धी कार्यक्रम सम्पन्न गरेको छ । जानकी गाउँपालिका मानपुर बाँकेको आयोजनामा रारा ईन्जिनियरिङ कन्सल्टेन्सी प्रा ली को सहजिकरणमा जग्गाको किसिम वर्गीकरण सम्वन्धी अन्तिम मस्यौदा २०८० प्रस्तुतीकरण सोमवार सम्पन्न गरिएको हो।
कार्यक्रममा गाउँपालिकका प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगीले राज्यले ७ सय ५३ स्थानिय तहमा भु उपयोग वर्गीकरण सम्वन्धी कार्यक्रम लागु गर्न खोजेको आफनो धारणा व्यक्त गरे ।साथै उनले एैलानी बन पैदावार भनेको ठाउँमा भविस्यमा बस्ती बढ्न सक्ने र अहिले अव्यवस्थित भएको ठाउँमा व्यवस्थित हुनसक्ने समेत बताए जस्ले गर्दा अहिलेलाई भू उपयोग नियमन २०७९ को आधारमा रहेर लिगल डकुमेन्ट्स बनाउन तर्फ खासगरि १ देखि ६ नम्वर वडाका वडा अध्यक्ष लगायत सबैजना लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ ,वडा नम्वर १ का वडा अध्यक्ष मोहम्मद रजा राई , २ का चन्द्रिका प्रसाद गुप्ता , ३ का राजकुमार कुर्मी , ५ का टिकानाथ यादव , ६ का जगदिश प्रसाद हरिजन , वडा सदस्य , कार्यपालिका सदस्यहरु , पालिकाका शाखा प्रमुख , कर्मचारी , रारा ईन्जिनियरिङ कन्सल्टेन्सी प्रा ली का ईन्जिनियर प्रवेश कुमार आचार्य र अर्बन प्लानर पुरुषेत्तम लामिछानेको उपस्थिती रहेको थियो । कार्यक्रमको प्रतिवेदन रारा कन्सल्टेन्सी प्रा ली का अर्बन प्लानर पुरुषेत्तम लामिछानेले प्रस्तुत गरेका थिए ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द