सेवाप्रदायक कम्पनी वाईफाई नेपालको सेवा नेपालगन्जमा बिस्तार
नेपालगन्ज ५ बैशाख :
मगँलबार वाईफाई नेपालले पत्रकार सम्मेलन गर्दै नेपालकै सस्तो इन्टरनेट वाईफाई नेपालगन्जमा पनि बिस्तार गरिएको छ । नेपालकै सस्तो इन्टरनेट प्याकेजका साथ इन्टरनेट सेवाप्रदायक कम्पनी वाईफाई नेपालको सेवा नेपालगन्जमा पनि बिस्तार भएको छ । वाईफाई नेपालका कार्यकारी अधिकृत सत्रुहन पञ्जियारले देशका बिभिन्न सहरमा आफ्नो सेवा विस्तार भईसकेको बताउदै यसअघि कम्पनीले माघ र फागुन महिनामा पोखरा लगायत अन्य सहरमा सेवा विस्तार गरेको जानकारी गराउनुभयो । अब बाँकेको नेपालगन्जसहित कोहलपुर अत्तरिया र हाईवेका आसपासमा वाईफाई नेपालको ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज बिस्तारमा लाएकोले प्रयोगकर्ताले खरिद गर्न सक्ने उहाँले बताउनुभयो ।
उहाँको अनुसार कम्पनीले मासिक ३ सय ३३ रुपैयाँमा ५० एमबीपीएस र मासिक ५ सय रुपैयाँमा ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ । ५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्न न्यूनतम् तीन महिनाको शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । नयाँ ग्राहकले ३ महिनाका लागि कूल ३ हजार १ सय रुपैयाँ तिरेर वाईफाई नेपालको इन्टरनेट जडान गर्न सक्नेछन् । जसमा तीन महिनाको इन्टरनेट शुल्क ११ सय रुपैयाँ, तारको शुल्क ५ सय रुपैयाँ र राउटरको शुल्क १५ सय रुपैयाँ तोकिएको छ भने ६ महिनाका लागि ३ हजार ६ सय रुपैयाँ र एक वर्षका लागि ५ हजार ५ सय रुपैयाँ लाग्नेछ ।
उहाँले भन्नुभयो “ ८० एमबीपीएस इन्टरनेट स्पिड जडान गर्न तीन महिने प्याकेजका लागि ३ हजार ६ सय रुपैयाँ शुल्क तोकिएको छ । जसमा तीन महिनाको इन्टरनेट शुल्क १ हजार ६ सय रुपैयाँ , ५ सय रुपैयाँ तार शुल्क र १ हजार ५ सय रुपैयाँ राउटर शुल्क समावेश गरिएको छ ।”
६ महिना र १ वर्षको लागि भुक्तानी गर्ने ग्राहकले जडान र तारको शुल्क नलाग्ने कम्पनीले जनाएको छ । यसरी ३ महिनाका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्दा ३ महिनाका लागि ३ हजार ६ सय रुपैयाँ, ६ महिनाका लागि ४ हजार ७ सय रुपैयाँ र १ वर्षका लागि ७ हजार ५ सय रुपैयाँ लाग्ने कम्पनीले जानकारी गराएको छ । वाईफाई नेपालको इन्टरनेट र शुल्क नेपालकै सस्तो र भरपर्दो रहेको कम्पनीले दाबी समेत गरेको छ ।


