दाइजो प्रथा नियन्त्रणका लागि नेपालगञ्ज उप-महानगरको अग्रसरता
पाण्डेका अनुसार नेपालगञ्ज उप-महानगरपालिकाभित्र रहेका विशेष गरी मधेशी र मुस्लिम समुदायमा व्याप्त रहेको दाइजो प्रथा न्यूनीकरण गर्न आगामी नगरसभामा नीति पेश गर्ने, उपप्रमुख राईकोे संयोजकत्वमा दाइजो प्रथा विरुद्ध नगरपालिका स्तरीय कार्यदल गठन गर्ने र कार्यदलका सदस्यसहित सरोकारवाला समेत रहने गरी ह्वाट्स एपमा समूह निर्माण गरेर सूचना सम्प्रेषण एवम् अद्यावधिक हुने निर्णय गरिएको छ । पाण्डे सदस्य सचिव रहने गरी १५ सदस्यीय कार्यदल बनाइएको छ ।
कार्यदलमा कार्यपालिका सदस्य बसन्त कनौजिया, वडा नम्बर १३ का वडा अध्यक्ष सुरेशसिंह ठाकुर, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी, वडा नम्बर ५ का वडा अध्यक्ष सराफत अलि खान, प्रेस सल्लाहकार नवीन गिरी, भेरी एफएमका मो.आरिफ अन्सारी, दैनिक नेपालगञ्जकी शाहिदा शाह, अधिबक्ता विश्वजित तिवारी, पत्रकार भिष्म लोध, फातिमा फाउण्डेशनकी मैमुना सिद्दिकी, शिक्षिका कृष्णादेवी पाण्डे लगायत सदस्य हुनुहुन्छ ।


