गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा जेष्ठ सदस्यसँग शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
नेपालगन्ज २२ बैशाख ।
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले “सहकारीको दिगोपन स्वनियमन र सुशासन” भन्ने मुल नाराका साथ जेष्ठ सदस्यसँग शुभकामना आदान-प्रदान कार्यक्रम – २०८० सम्पन्न गरिएको छ । शुक्रबार बुद्ध जयन्तीकाे अवसरमा सहकारीकाे सभाहलमा भएको सहकारीका अध्यक्ष प्रदीप चौधरीको सभापतित्वमा सम्पन्न गरेको छ ।
प्रमुख अतिथि नेपालगन्ज उप महानगरपालिक वडा नम्बर २ का वडाअध्यक्ष मनोज कुमार श्रेष्ठले ब्यानर पढेर कार्यक्रम उद्घाटन गर्नुभएको थियोे । अतिथि प्रेम बहादुर शाह, समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्र कुमार जोशी, सहकारीका पूर्वअध्यक्ष सुरेन्द्र सिंह सरदार, लगाएतकाे सहभागिता रहेको थियोे भने गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक टिकाराम चौधरीले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।उक्त कार्यक्रममा २७ जनालाई सम्मान गरिएको छ ।


