Uncategorized

एकदिने छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

 


नेपालगन्ज ०३ जेठ ।

बाँके जिल्लाको जानकी गाउँपालिकाले बुधवार विध्यालय व्यवस्थापन समितीका अध्यक्षहरु सँग एकदिने छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जानकी पालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा विध्यालय व्यवस्थापन समितीका अध्यक्षहरु सँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा धेरैजसो विध्यालय व्यवस्थापन समितीका अध्यक्षहरुले खानेपानीको व्यवस्थापन गरिदिनुर्ने ,विध्यालयमा चोरी भईराखेका छन त्यसको लागी बाउन्ड्रीको व्यवस्ता गरिदिनुपर्ने ,चौकीदारको व्यवस्था मिलाउनुपर्ने ,कार्यालय सहयोगी पनि थप गरिदिनुपर्ने , मदरसाको लागी पनि अन्य विध्यालय सरह शिक्षक र तलवको व्यवस्था हुनुपर्ने ,विध्यालय व्यवस्थापन समितीका कमिकमजोरी मात्र नऔल्याई गाउँपालिका र सम्वन्धित निकाय पनि सजग हुनुपन भन्दै सुझाव दिएका छन ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगीले गर्मी महिना अँईराखेकाले पहिला विध्यालयको कक्षा कोठा ,विध्यार्थीको लागी फयान व्यवस्थापन , कक्षा कोठमा ,विध्यार्थीको लागी बस्ने बेन्च , कार्पेट व्यवस्थापन गरिने बताए । साथै प्रत्येक विध्यालयका व्यवस्थापन समितीका अध्यक्षहरुलाई विध्यार्थीहरुको लागी सफा सौचालय हुनुपर्ने समेत आफनो भनाई व्यक्त गरे। विध्यालयको सन्चालनमा विध्यालय व्यवस्थापन समितीका अध्यक्षहरुले आफनेो अधिकार निर्धक्कताका साथ प्रयोग गरि राजनितिक दवाबमा नपरी अगाडी बढेमा प्रमुख प्रशासकिय अधिकृतको हैसियतले सहयोग गर्ने समेत बताए ।
शिक्षा ,युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भन्डारीले शिक्षाको क्षेत्रको पिकासको लागी आउने आर्थिक वर्षको निती तथा कार्यक्रमको लागी ४ करोड वजेट स्टिीमेट गरेको बताईन ।
त्यसैगरेर सामाजिक विकास समितीका सम्योजक राम आचल धोवीले शिक्षकहरुले नै कतिपय विध्यालय व्यवस्थापन समिती आफुहरुले नै चलाएको पाईएको बताए । विध्यालय व्यवस्थापन समितीका अध्यक्षहरुले स्वयम पालिकामा विध्यालयको समस्या लिएर आउनुपर्ने समेत उनले बताए । जहाँ जहाँ विध्यालयमा समस्या थियो त्यस विध्यालयमा वजेट गएको बताउदैँ आउने आर्थिक वर्षमा जुन जुन विध्यालयमा वजेट पुगेको छैन तिनी विध्यालयहरुमा वजेट हाल्ने वचन दिएका छन ।
कार्यक्रममा पालिकाकाका अध्यक्ष छब्बन खाँ , कार्यपालिका सदस्य राजेन्द्र सिँह ,४ का वडा सदस्य मो शरिफ खाँ,परामर्षदाता शोहराव अलि दर्जी , योजना शाखाकी प्रमुा शोभा पौडेल ,शिक्षा , युवा तथा खेलकुद शाखाकी झुमा वली , विध्यालय व्यवस्थापन समितीका अध्यक्षहरु ल्गायतको उपस्थिती रहेको थियो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द