Uncategorized

मा.वि जोगागाउँ विद्यालयको सामान चोरी

नेपालगन्ज ०३ जेठ ।

बाँकेको जानकी गाउँपालिका वडा नं. २ जोगागाउँ श्री माध्यमिक विद्यालय जोगागाउँमा मंगलवार राती विद्यालयका विभिन्न सामग्रीहरु चोरी भएका छन । विद्यालयका प्रधानाध्यापक मो अलमीन राईका अनुसार रातीको समयमा विद्यालयबाट सामान चोरी भएको उहाँले जानकारी दिनु भयो ।

विद्यालयमा भवन निर्माण कार्य भइरहेकोले पर्खाल नभएकालेले पानी तान्ने मोटर सहित निर्माणका सामानहरु चोरी भएको प्रधानाध्यापक राईले जानकारी दिनु भयो । उहाँका अनुसार चोरी भएका समान मध्ये पानी तान्ने मोटर २ थान, छत पंखा २ थान , पाइप , रिङ सरिया करिब २ कुन्टल सामान चोरी भएको जानकारी दिनु भयो । सामान चोरी भएपनि आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा जानकारी गराएको उहाँले बताउनु भयो ।

शिक्षक र भौतिक दुबै पक्ष मजबुत बनाउन विद्यालय प्रशानस जुटिरहेको समयमा सामाना चोरी हुँदा दुख लाग्नु स्वभाविक हो साथै यसको क्षतिको पूर्ति कसरी गर्ने भन्ने चिन्ताको विषय भएको प्रधानाध्यापक राईले चिन्ता व्यक्त गर्नु भयो । चोरको पहिचानका लागि समुदाय र विद्यालय परिवारले पनि आफना तर्फबाट विशेष पहल गरिरहेको उहाँले बताउनु भयो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द