Uncategorized

जानकीमा अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस कार्यक्रम

 


नेपालगन्ज १४ जेठ ।

बाँकेको जानकी गाउँपालिकामा आईतवार अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस कार्यक्रम गरेको छ । महिनावारीलाई महामारी बन्न नदिऔँ ,छाउगोठ होईन शौचालयका निर्माण गरौ ,दुर्गमसम्म पनि यो चेतना पुगोस ,महिनावारीले कोही मर्नु नपरोस ।। भन्ने मुल मन्त्रका साथ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस गरेको हो ।त्रिवेणी विकास समाज कोहलपुर १४ हवलदारपुर बाँकेको आयोजनो र Womens World Day Of Prayer [ WWDP ] Germany को आर्थिक सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले महिला दिदि बहिनीहरुको नियमित महिनावारी हुने र त्योसँग रिलेटेड हुने ईन्फेक्सनहरु छन साथै महिनावरी हुदाँखेरी किशोरीहरुलाई विध्यालयमा समस्या हुने जसले गर्दा किशोरीहरु शिक्षामा वन्चित हुनु परेको कुराहरु उठेको छ त्यसको लागी गाउँपालिकाको अध्यक्ष हैसियतले आफुले पुरा सपोट गर्ने बताए ।उनले पालिकामा रहेका सम्पुर्ण किशोरी विध्यार्थीहरुको लागी प्याडको व्यवस्था मिलाउनुका साथै आउने आर्थिक वर्षको वजेटमा सबै महिला दिदि बहिनीहरुको लागी पनि व्यवस्था गर्ने बताए ।
त्यसै गरेर त्रिवेणी विकास समाज कोहलपुर १४ हवलदारपुर बाँकेका कार्यक्रम सम्योजक मिश्रिलाल यादवले जानकी गाउँपालिकाको वडा नम्वर ४ , ५ , ६ र कोहलपुर नगरपालिकको १४ , १५ वडामा यही २०२३ जनवरिदेखी कार्यक्रम सन्चालन गरेको बताए । उनले महिला दिदि बहिनीहरुको नियमित महिनावारी हुने र त्योसँग रिलेटेड हुने ईन्फेक्सनहरु छन साथै महिनावरी हुदाँखेरी किशोरीहरुलाई विध्यालयमा समस्या हुने जसले गर्दा किशोरीहरुलाई शिक्षामा वन्चित हुनु परिरहेको बताए । साथै उनले महिलाहरुमा महिनावरीको समयमा धेरै सरसफाईको कमीले गर्दा जुन ईन्फेक्सनहरु बढिरहेको छ जसले गर्दा आमाहरुलाई धेरै समस्याहरु भएको र त्यसको असर वालवालिकाहरुमा देखिएको बताए ।जसबाट छुटकारा पाउनको लागी अथवा महिलाहरुले स्वस्थ रुपमा रहेर स्वस्थ बच्चा जन्माउनका निमित्त तयार होउन भन्ने र त्यस्तो वातावरण बनोस भन्ने साथै वालवालिकाहरु प्नि स्वस्थ भएर जन्मिन पाउन , रक्तअल्पताको कारणले धेरै महिलाहरुको ज्यान जोखिममा परिरहेको बताए ।े उनिहरुलाई जनचेतनामुलक कार्यक्रमहरु जनचेतनास्तर वृद्धि गराउने उद्देश्ले आफनो सस्थाले यस्ता कार्यक्रमहरु ग्रिरहेको बताए जसले गर्दा स्वस्थ समाजको निर्माण होस भन्ने नै त्रिवेणी विकास समाज उद्देश्य रहेको कार्यक्रम सम्योजक मिश्रिलाल यादवले आफनो धारणा राखे ।
कर्यक्रममा गाउँपालिकाका अध्यक्ष छब्बन खाँ ,सामाजिक विकास समितीका सम्योजक राम आचल धोवी जिल्ला सिमन्वय समितीका सदस्य जुल्फेकार मनिहार ,कार्यपालिका सदस्य कमलादेवी यादव ,पालिकाकी निमित्त प्रमुख प्रशासकिय अधिकृत शोभा पौडेल , स्वास्थ्य शाखाका प्रमुख दल वहादुर राना, महिला वालवालिका शाखाकी प्रमुख कल्पना गाहा ,शिक्षातथा खेलकुद शाखाकी निमित्त प्रमुख झुमि कुमारी वली ,रोजगार शाखाकी प्रमुख सिमा चौधरी , परामर्षदाता शोहराव अल दर्जी १ देख ६ नम्वर वडाका महिला दिदि बहिनीहरु , विध्यार्थि किशोरीहरुको उपस्थिती रहेको थियो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द