Uncategorized

डुवान मुक्त वडा बनाउन माग

बाँके ३० जेठ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का नागरिकहरुले वडाको विकासप्रति चिन्ता ब्यक्त गरेका छन् । वडा कार्यालयले आर्थिक वर्ष २०७९÷०८० मा सम्पन्न कार्यक्रम तथा योजनाको विषयमा मंगलबार आयोजित सार्वजनिक सुनुवाइका सहभागिहरुले हरेक वर्ष वर्षातको समयमा हुने डुवानको समस्या समाधान गर्न समयमै वडाको ध्यान जानुपर्ने बताएका थिए ।
सार्वजनिक सुनुवाइमा बोल्दै मुकुन्द बहादुर के.सी. ले सिंह दरवारको अधिकार गाउँगाउँमा भन्ने नारा नारमा मात्रै सिमित रहेको बताउदै संबिधानले दिएको अधिकारको प्रयोग गरी वडाभित्र रहेका सार्वजनिक सम्पतीको संरक्षण गर्न वडा कार्यालय लाग्नुपर्ने बताए । अर्का सहभागि प्रकास कुवरले विकास भने भौतिक संरचनाको निर्माण, बाटोघाटो, पुलपुलेसा र सडक मात्रै हो भन्ने आम नागरिकको बुझाइमा परिवर्त आउन जरुरी भएको बताउदै युवा र बालबालिकाको क्षेत्रमा वजेट बिनियोजन गरी कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए । सुनुवाइमा प्रश्न गर्दै गिता क्षेत्रीले वडा नम्बर १ र १२ को सिमानामा पर्ने टोलहरु विकासबाट बञ्चित हुनु परेको बताउदै आगामी दिनमा वडाको ध्यान जानुपर्ने बताइन् । सार्वजनिक सुनवाइका सहभागिहरुले शिक्षा, स्वास्थ्य, बाटोघाटो, नाला निर्माण, सरसफाइ, लक्षित वर्ग केन्द्रित कार्यक्रम, धार्मिक स्थल निर्माण, खेलकुद लगायतका विषयमा दर्जनौ प्रश्न तथा सुझाव राखेका थिए ।

सहभागिहरुले गरेको प्रश्न तथा सवालको जवाफ दिदै वडा अध्यक्ष प्रमोद रिजालले वडाले सुरुको वर्ष देखिनै हरेक वर्ष सार्वजनिक सुनुवाईका माध्यामबाट वडाले गरेका गतिबिधिको वारेमा आम नागरिकहरुलाई जानकारी गर्ने सुझावहरु संकलन गर्दै आएको बताए । वडाको समग्र विकासका लागि वडाको वजेटले मात्रै नभ्याउने भएकाले संघ, प्रदेश र अन्य निकायसंगको समन्वयमा काम गरिरहेका छौँ रिजालले भने “ आगामी दिनमा वडाको विकासका लागि सबै वडावासीहरु, वडाबाट प्रतिनिधित्व गर्ने सांसदहरु र वडाका प्रतिनिधिहरुको एकमत हुन जरुरी छ ।” हरेक वर्ष वडावासीहरुले डुवानको समस्या झेल्नु परेको प्रश्नको जवाफ दिदै अध्यक्ष रिजालले नाला निर्माण गर्दा कतिपय ठाउँमा मापदण्ड अनुसारको बन्न नसक्नुले समस्या आएको बताउदै आगामी दिनमा मापदण्ड अनुसार गुर्ण स्तरिय नाला निर्माणमा ध्यान दिने र डुवानको समस्या हुन नदिन लागि पर्ने प्रतिबद्धता गरे । सहभागिहरुले दिएको सुझावको आधारमा आगामि वर्षको योजना तथा कार्यक्रम तर्जुमा गरी विकास हुन बाँकी रहेको सबै टोलको विकासका लागि योजना निर्माण गर्ने उनले बताए ।
सार्वजनिक सुनुवाइमा उठान भएका सवालहरुको सम्बोधन गर्दै ७ बुदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । घोषण गरिएका प्रतिबद्धताहरुमा आगामी आ.व. मा योग साधनाको लागि योग भवन निर्माण गर्ने, टोल तथा समग्र वडाको विकासका लागि सबै वडावासीहरु ऐक्कबद्ध हुने, वडा नं. १ र १२ को सिमानामा पर्ने टोलमा सडक निर्माणका लागि सम्बन्धित वडासंग समन्वय गरी सडक तथा आवश्यक विकासका कार्य गर्ने, वडाभित्र रहेको ज्यष्ठ नागरिकहरुको अभिलेख राख्नुका साथै ज्येष्ठ नागरिक क्लवलाइ आवश्यक गनेर्् सहयोग गर्ने, विशेष योजना सहित जिल्ला प्रहरी कार्यालय पछाडी रहेको टोलको विकास गर्ने, वडालाई डुवानमुक्त बनाउनका लागि ढल, नाला सफाइ गर्ने, वडावासीका मागहरुलाई प्राथामिकीकरण गरी आगामी योजना निर्माण गर्ने, वडा क्षेत्रभित्र भइरहेको चोरी नियन्त्रणका लागि सुरक्षा निकायसंग प्रभावकारी समन्वय गर्ने, वडाभित्र बढिरहेको लागुऔष दुब्र्यशन नियन्त्रणका लागि वडाबाट विशेष पहल गर्ने रहेका छन् । प्रतिबद्धतामा वडा अध्यक्ष प्रमोद रिजाल, वडा सदस्यहरु इन्द्र बहादुर राना, जग मोहन काँदु, कुमारी पुष्पा सिंह, सिता परियार र वडा सचिब नेवलाल घर्तिले हस्ताक्षर गरेका थिए ।
बिभिन्न राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार, बिभिन्न संघसंथा तथा सञ्जालका प्रतिनिधि र सर्वसधारण गरी १५० बढि सहभागी रहेको कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए भने बासका केन्द्रीय कार्यबाहक अध्यक्ष शिव कुमार वर्माले स्वागत तथा कार्यक्रमको उद्दश्यमाथि प्रकाश पारेका थिए । वडा अध्यक्ष प्रमोद रिजालले यस आ.व. सम्पन्न भएका कार्यक्रम, योजना र मुख्य उपलब्धि सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द