Uncategorized

बाँकेमा विश्व रक्तदाता दिवस मनाइयो

नेपालगंज ३१ जेष्ठ/नियमित रगत तथा प्लाजमा दान गरौ, जीवन बचाउने कार्यमा हातेमालो गरौ भन्ने मुल नाराका साथ नेपालगंजमा २०औ विश्व रक्तदाता दिवस मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवा बाँकेको आयोजनामा उक्त दिवस मनाइएको हो । रगत समुह पत्ता लगाउने Dr. Karl Landsteiner को जन्मदिनको अवसर पारेर विश्वभरी विश्व रक्तदाता दिवस मनाइदै आएको छ ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रगतको अभाव हुन नदिन स्वस्थ्य व्यक्ति एवं युवाहरुले निरन्तर रक्तदान गर्न आग्रह गर्नुभयो ।
मानव अधिकार शान्ति समाजकी केन्द्रीय सदस्य ज्योति वाल्मीकीले रक्तदान गर्न युवाहरुलाई उत्पेरित गरिरहेको बताउनु भयो ।
प्रादेशिक रक्तसंचार सेवाका बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले दिनु भएको जानकारी अनुसार चालु आ.ब.को हालसम्म ११,९९६ पिन्ट रगत संकलन वितरण भएको बताउनु भयो ।
विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान गर्ने निकायहरुमा मानव अधिकारी तथा शान्ति समाज, लाइन्स क्बल अफ पञ्चशील बाँके र के एल दुगड गु्रपले संस्थागत रुपमा रक्तदान गरेका छन् ।
रक्तसंचार सेवा समितिका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका उपसभापति सुरेन्द्रनाथ सापकोटा, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष प्रेम शर्मा लगायतले विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेरेसो बाँके शाखाका पदाधिकारी, सदस्य, कर्मचारी र रक्तसंचार सेवा ब्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, संस्थागत रक्तदान गर्ने निकायका प्रतिनिधि र रक्तदाताहरुको सहभागिता रहेको थियो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द