Uncategorized

जानकीमा एक महिने पुनर्ताजगी सिलाई कटाई तालिम सम्पन्न

नेपालगन्ज ०४ असार ।

बाँकेको जानकी गाउँपालिकामा सञ्चालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत एक महिने पुनर्ताजगी सिलाई कटाई तालिम सोमवार समापन भएको छ ।
नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालको आर्थिक सहयोग र जानकी गाउँपालिकाको लघु उद्यम शाखाको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको थियो । जानकी गाउँपालिकाको वडा नम्वर ६ पिप्रहवामा सञ्चालित तालिम समापन गरिएको हो । महिलालाई सीपमार्फत आर्थिक स्वावलम्बी बनाउने उद्देश्यले सञ्चालित उक्त तालिममा ९ जना महिलाहरुको सहभागिता रहेको थियो । एक महिने पुनर्ताजगी सिलाई कटाई तालिमको प्रशिक्षक सँिगता शाहीले गरेकी थिईन।
समापन कार्यक्रममा बोल्दै जानकी गाउँपालि वडा नम्वर ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजनले सहभागीीहरुलाई पुनर्ताजगी सिलाई कटाइ तालिम जिवनउपयोगी , जिवनको स्तरउन्नतीको लागी बहुतै लाभदायक सिद्द हुने बताए । गाउँपालिकाका जनतालाई गरिव स्तरबाट कसरी न्युनिकरण गर्न सकिन्छ ,कसरी गरिवी हटाउन सकिन्छ भनेर यस्ताखाले तालिमहरु सन्चालन गरिरहेको बताए । पुनर्ताजगी सिलाई कटाइ तालिमबाट आफ्नो घरको काम पनि गर्न सकिने र सिकेको सीपबाट सानो व्यबसाय गरि पैसा कमाउन पनि सकिने भएकाले सिकेको सीपलाई व्यवहारमा उतार्न उनले आग्रह गरे ।
तालिममा ९ जना महिलाहरुलाई सिलाई कटाई अमरेला मेशिन , ईनटरलक मेशिन र आईरन वितरण गरिनुका सार्थे प्रमाणपत्र समेत वितरण गरिएको लघु उद्यम शाखाकी प्रमुख सावित्री रेग्मीले बताइन् । त्यसैगरेर गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नम्वर भाटनपुर र कैरातीपुरका उधमीहरुका लागी आवश्कता अनुहार तरकारी व्यवसाय गर्नका लागी ३जनालाइ स्प्रिङ तराजु , मोटर र सिचाईँ पाईप लगायतका सामाग्री वितरण गरिएको लघु उद्यम शाखाकी प्रमुख रेग्मीले बताइन् । समापन कार्यक्रममा वडा नम्वर ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजनल , परामर्षदाता शोहराव अलि दर्जी , लघु उद्यम शाखाकी प्रमुख सावित्री रेग्मी , लघु उद्यम शाखाकी अम्रिता परियारको उपस्थिति रहेको थियो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द