Uncategorized

जानकी गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ को लागी ४६ करोडको बजेट पारित

नेपालगन्ज ०७ असार ।

बाँकेको जानकी गाउँपालिकाले ४६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८० ÷८१ को लागी जानकीले ४६ करोड १० लाख ८९ हजार ६१६ रुपैयाँको बजेट पारित  गरिएको छ । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गरेकी थिर्इन् ।
सबैभन्दा बढी बजेट शिक्षामा विनियोजन गरिएको छ । शिक्षामा १४ करोड ७४ लाख रुपैयाँ छुट्याइएको छ भने स्वास्थ्यतर्फ ५ करोड ५८ लाख बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकासतर्फ कुल २० करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ जानकीले १ करोड ६९ लाख पचास हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासतर्फ कृषि शाखाका लागि ४१ लाख ५० हजार रुपैयाँ छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।
यस्तै पूर्वाधार विकासतर्फ १२ करोड ९१ लाख, वन वातावरण तथा विपततर्फ छब्बिस लाख र सुशासन तथा संस्थागत क्षमता विकासतर्फ १० करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँसभाको समापन अध्यक्ष छब्बन खाँले गरेका थिए । त्यसअघि जानकी गाउँपालिकाले विहिवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । १४औं गाउँसभामा आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले तोके अनुशार प्रवक्ता टिकानाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द